काठमाडौं,कार्तिक १
फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन पीएसजी ले निम्समाथि फराकिलो जित दर्ता गर्दै फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा पीएसजीले १० खेलाडीमा सिमित निम्समाथि ४-० को जित निकालेको हो ।
पिएसजीको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए भने अलेसानड्रो फ्लोरेन्जी र पाब्लो सर्बियाले एक एक गोल गरेका थिए । खेलको १२औ मिनेटमा नै नीमका लोइक लान्द्रेले रातो कार्ड पाएर मैदान छोडेपछि निम्स १० खेलाडीमा खेलेको थियो । यस खेलमा पिएसजी नेइमार, एन्जल डी मारिया, माउरो इकार्डीजस्ता खेलाडी बिना नै खेलेको थियो ।
यो जितपछि पिएसजी लिग वानको अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । ७ खेलमा ५ जित र २ हारसहित पिएसजी १५ अंकसहित शिर्ष स्थानमा उक्लिएको हो । नीमको भने ७ खेलमा यो तेस्रो हार हो । २ जित र २ बराबरी खेलेको निम्सको ८ अंक रहेको छ ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...