२०८० आश्विन ५
September 22, 2023, Friday

कर्णालीका नेताहरुलाई ओलीले भने-दुई अध्यक्षको निष्कर्ष मान्नुहोस्

कर्णालीका नेताहरुलाई ओलीले भने-दुई अध्यक्षको निष्कर्ष मान्नुहोस्

काठमाडौं,कार्तिक १
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशन दिएका छन् । उनले शनिबार दिउँसो सरकारी निवास बालुवाटारमा बोलाएर कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने बताए ।

‘तपाईँहरुले हामी दुई अध्यक्षले निकाल्ने निष्कर्ष मान्नुहोस् । अब चाँडै हामी बसेर त्यहाँको विवाद मिलाउँछौं’, प्रधानमन्त्री ओलीलाई उदृत गर्दै सहभागी एक नेताले भने । उनका अनुसार, ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग बसेर कसरी अगाडि बढ्ने भन्ने टुंगो लगाउने बताएका थिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार गएनन् । कर्णालीका दुवै पक्षका नेताहरुसँग कुरा गरिसकेकाले बालुवाटार नआउने सन्देश पठाएका थिए । प्रचण्डले बिहीबार र शुक्रबार दुई पक्षका नेताहरुलाई बोलाएर कुरा सुनेका थिए भने बरिष्ठ नेता माधवकुमार नेपालले पनि कर्णालीको नेताहरुबाट जानकारी लिएका छन् ।

यस्तै कर्णालीका इन्चार्ज जनार्दन शर्मा भने स्वास्थ्यमा समस्या भएकाले आउन नसक्ने जानकारी पठाएका थिए ।

बालुवाटारमा भएको छलफलमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपाका सहइन्चार्जहरु प्रकाश ज्वाला र यमलाल कँडेल, सचिव मायाप्रसाद शर्मा र नेता चन्द्रबहादुर शाहीले आ(आफ्नो धारणा राखेका थिए ।

‘सबैको कुरा सुनेपछि प्रधानमन्त्रीले अब तपाईँहरु कर्णालीतिरै फर्कनुहोस् । हामी चाँडै निर्णय सुनाउँछौ भन्नुभयो’, ती नेताले भने ।

नेकपा संसदीय दलका नेता शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको विवाद छताछुल्ल भएको थियो । तर माधवकुमार नेपाल खेमाका नेताहरु अविश्वासको प्रस्तावबाट पछि हटेपछि शाहीको मुख्यमन्त्री पद भने जोगिसकेको छ । नेपाल समूहलाई थप तीन मन्त्री दिने मुख्यमन्त्री शाहीले सहमति जनाएका छन् भने कर्मराज शाहीलाई सचेतक नियुक्त गरेका छन् ।

Related News

प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ
प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ
  • २०७७ कार्तिक १, शनिबार ११:१७ गते

प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७...

नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित
नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित
  • २०७७ कार्तिक १, शनिबार ११:१७ गते

नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त...

बिदेशमा भन्दा स्वदेशमै सस्तो र राम्रो उपचार हुन्छ – डा.बिजयमान सिह कटुवाल
बिदेशमा भन्दा स्वदेशमै सस्तो र राम्रो उपचार हुन्छ – डा.बिजयमान सिह कटुवाल
  • २०७७ कार्तिक १, शनिबार ११:१७ गते

सुमेरु किड्नी अस्पतालको बेड नं. २३१; जहाँ अहिले नेपाली कांग्रेसमा पुराना नेता तथा पुर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल चिकित्सकको नियमित निरीक्षणमा छन् ।...

TOP