काठमाडौं,कार्तिक १
वालिङ । स्याङ्जा प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शनिबारदेखि जिल्ला प्रवेश गर्दा ७२ घण्टा समयावधिको पीसीआर रिपोर्ट अनिवार्य गरेको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट नागरिकलाई सुरक्षित राख्न यस्तो निर्णय लिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले जानकारी दिए । ‘जिल्ला प्रवेश गर्दा अनिवार्यरुपमा ७२ घण्टा समयावधिको पीसीआर रिपोर्ट ल्याउनुपर्छ, नल्याएमा तोकिएको क्वारेन्टिनमा बस्नुपर्छ’, प्रजिअ बस्नेतले भने।
जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० को दफा ३ र ४ को अधिकार प्रयोग गरी आदेश जारी गरिएको प्रशासनले जनाएको छ। जिल्लाका राजनीतिक दलले समेत यो अवस्थामा जिल्लाभित्र औपचारिक कार्यक्रम, सभा, सम्मेलन नगर्ने प्रतिवद्धता जनाएका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका जिल्ला कार्यबाहक सभापति बुद्धिबहादुर रानाले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै सबै औपचारिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेका हुन् । रासस
काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । शनिबार साँझ पौने ७...
काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । उनले...