२०८१ बैशाख ७
April 19, 2024, Friday

कर्णाली विवाद : छलफल सकियो, अध्यक्षद्वयको निर्णय मान्न ओलीको आग्रह

कर्णाली विवाद : छलफल सकियो, अध्यक्षद्वयको निर्णय मान्न ओलीको आग्रह

काठमाडौं,कार्तिक १
कर्णाली विवादका विषयमा बालुवाटारमा छलफल सकिएको छ । आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८ सांसदहरुले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि चर्किएको विवादका बारेमा सोही विषयमा आज बालुवाटारमा छलफल भएको थियो ।

छलफलमा मुख्यमन्त्री शाही र असन्तुष्ट पक्षका नेताहरुसमेत सहभागी भएका थिए ।

‘तपाईँहरुको कुरा सुनेँ । अब हामी अध्यक्षद्वय बसेर छलफल गर्छौं र एउटा निष्कर्ष निकाल्छौं,’ छलफलमा सहभागी नेकपाका कर्णाली सचिव मायाप्रसाद शर्माले प्रधानमन्त्रीलाई उदृत गर्दै भनेका छन्, ‘त्यसलाई तपाईँहरुले मान्नुपर्दछ ।’

छलफलमा अर्का अध्यक्ष पुष्पकमल दाहाल भने उपस्थित थिएनन् । प्रधानमन्त्रीको निम्तोलाई अस्वीकार गरेका दाहालले गत बिहीबार र शुक्रबार नै कर्णालीका नेताहरुलाई भेटेका थिए ।

Related News

सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
  • २०७७ कार्तिक १, शनिबार १२:३९ गते

दोलखा,सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ् भने,५४ जना घाइते भएका छन्। दुर्घटनामा परी...

गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
  • २०७७ कार्तिक १, शनिबार १२:३९ गते

लेखनाथ, वैशाख ७ गते । गण्डकी प्रदेशसभाको शुक्रबार सुरु भएको अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका...

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०७७ कार्तिक १, शनिबार १२:३९ गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

TOP