२०८० आश्विन ५
September 22, 2023, Friday

अवैध लागूऔषध सहित ६ जना पक्राउ

अवैध लागूऔषध सहित ६ जना पक्राउ

काठमाडौं,कार्तिक २
सप्तरी, अग्निसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवास्थित सडकबाट ५० ग्राम ब्राउनसुगर जस्तो देखिने वस्तु सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तिलाठी कोईलाडी गाउँपालिका-७ बस्ने १९ वर्षीय निरज शर्मा र सोही ठाउँ बस्ने २७ बर्षीय भरत शर्मा रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले स ७ प १८६५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त वस्तु सहित फेला पारी मोटरसाइकल चालक निरज र मोटरसाइकलमा सवार भरतलाई पक्राउ गरेको हो ।

यस्तै सुर्खेत, गुर्भाकोट नगरपालिका(८ भेडावारीस्थित पुल मुनीबाट १ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ भेडावारी बस्ने २६ वर्षीय रत्न परियारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । शंकास्पद अवस्थामा बसिरहेको अवस्थामा उनलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उता सिन्धुलीको सुनकोशी गाउँपालिका(१ दुम्जाबाट नियन्त्रित लागूऔषध १ हजार ५ सय ट्याब्लेट नाईट्राभेट, ८ सय २५ पिस डाइजेपाम, ९ सय २६ एम्पुल नुर्फिन र ८ सय ६ पिस फेनारगन ईन्जेक्सन सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट चन्द्रपुर नगरपालिका(३ बस्ने ३१ वर्षीय राजेश राम र सोही ठाउँ बस्ने २९ वर्षीय राम अयोध्या राम रहेका छन् ।

प्रहरी चौकी कुशेश्वर दुम्जाबाट खटिएको प्रहरीले बर्दिवासबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ ज ६८१७ नम्बरको सुमो गाडीमा सवार उनीहरुलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका(२६ बिजयपुरबाट नियन्त्रित लागूऔषध ६० एम्पुल डाईजेपाम, ६० एम्पुल फेनारगन र ६० एम्पुल नुर्फिन सहित सोही ठाउँ बस्ने पोखरा महानगरपालिका(२४ घर भएका २९ वर्षीय प्रभात सुवेदीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हंशपुर शिसुवाबाट खटिएको प्रहरीले उक्त लागूऔषध बोकी हिँडिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related News

प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ
प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ
  • २०७७ कार्तिक २, आईतवार १०:३४ गते

प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७...

बिदेशमा भन्दा स्वदेशमै सस्तो र राम्रो उपचार हुन्छ – डा.बिजयमान सिह कटुवाल
बिदेशमा भन्दा स्वदेशमै सस्तो र राम्रो उपचार हुन्छ – डा.बिजयमान सिह कटुवाल
  • २०७७ कार्तिक २, आईतवार १०:३४ गते

सुमेरु किड्नी अस्पतालको बेड नं. २३१; जहाँ अहिले नेपाली कांग्रेसमा पुराना नेता तथा पुर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल चिकित्सकको नियमित निरीक्षणमा छन् ।...

आम जनतालाई बैंकिङ सेवा सुविधा दिलाउँन आजपाले आन्दोलन गर्ने महासचिव साहको चेतावनी
आम जनतालाई बैंकिङ सेवा सुविधा दिलाउँन आजपाले आन्दोलन गर्ने महासचिव साहको चेतावनी
  • २०७७ कार्तिक २, आईतवार १०:३४ गते

काठमाडौं । आम जनता पार्टी (आजपा)का महासचिव उपेन्द्र साहले आम जनतालाई बैंकिङ सेवा सुविधा तथा ऋण दिलाउँन एवं बैंकहरुको मनोमानी...

TOP