२०८० आश्विन १४
October 1, 2023, Sunday

रोनाल्डो बिना युभेन्टस बराबरीमा रोकियो

रोनाल्डो बिना युभेन्टस बराबरीमा रोकियो

काठमाडौं,कार्तिक २

काठमाडौं, कार्तिक २ इटालियन सिरी ए मा युभेन्टस बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस क्रोटोनेसँग १-१ गोलले बराबरीमा रोकिएको हो ।

आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमित भएर अनुपस्थित भएको यस खेलमा युभेन्टस खेलको ६०औ मिनेटमा फेडेरिको चिइसाले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।

क्रोटोनेका लागि खेलको १२औ मिनेटमा साइमन नवान्कोले पेनाल्टीबाट गोल गरेका थिए भने खेलको २१औ मिनेटमा युभेन्टसका लागि अल्भारो मोराटाले बराबरी गोल फर्काएका थिए । यस बराबरीपछि युभेन्टसको यस सिजनमा ४ खेलमा २ जित र २ बराबरी सहित ८ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

यस्तै अर्को खेलमा एसी मिलानले इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको छ । मिलान डर्बीमा एसी मिलानका लागि दुवै गोल जलाटन इब्राहिमोविचले गरेका थिए ।

उनले खेलको १३औ र १६औ मिनेटमा गोल गर्दै एसी मिलानलाई जित दिलाएका थिए । कोरोना संक्रमण भएपछि ठिक भएर इब्राहिमोविच पहिलो खेल खेल्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यस्तै इन्टर मिलानका लागि एक गोल रोमेलु लुकाकुले खेलको २९औँ मिनेटमा फर्काएका थिए ।

यो जितपछि यस सिजनमा एसी मिलानले आफ्ना चारै खेल जितेर १२ अंकसहित लिगको शिर्ष स्थानमा रहेको छ भने इन्टर मिलानले ४ खेलमा २ जित एक बराबरी र एक हार बेहोर्दै ७ अंक बटुलेको छ ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७७ कार्तिक २, आईतवार ०५:०१ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७७ कार्तिक २, आईतवार ०५:०१ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
  • २०७७ कार्तिक २, आईतवार ०५:०१ गते

नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...

TOP