काठमाडौं,कार्तिक ४
अजरबैजान विरुद्धको जारी युद्धमा आर्मीनियाका सैनिकहरुको मृत्यु संख्या लगातार बढिरहेको छ । सोमबार आर्मीनियाका सेनाले मृतक लिष्टमा १९ सैनिकको नाम जोडेका थिए । उक्त युद्धमा आर्मीनियाको तर्फबाट ज्यान गुमाउने सैनिकको संख्या बढेर ७२९ पुगेको छ । आर्मीनियाको रक्षा मन्त्रालयले यसअघि उक्त आँकडा अधुरो हुन सक्ने पनि बताएको थियो । लगातार जारी लडाईँमा ज्यान गुमाउनेको आँकडा ढिलो प्राप्त हुन सक्ने पनि बताइएको छ ।
यद्यपी अर्कोतिर, अजरबैजानले कुनै किसिमको हानीनोक्सानीको विवरण दिइरहेको छैन । राष्ट्रपति इल्हाम एलिएभले एक अन्तर्वातामा भनेका थिए कि युद्धपछि जानकारी सार्वजनिक गरिनेछ । अर्कोतर्फ, अजरबैजान अभियोजकको कार्यालयले सोमबार अगाडाम क्षेत्रमा मोर्चामा गोलीबारीका कारण चार जना घाइते भएको बताएको छ ।
इरानले यदि क्षेप्यास्त्र वा तोपका गोलाहरू कराबखबाट इरानको भूमिमा आयो भने त्यसले यसको जवाफ दिने चेतावनी दिएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता सईद खतिबजादेले भने, ‘इरानको माटोमा कुनै पनि हमला अन्जानमै गरिएको भए पनि इरानले उचित जवाफ दिनेछ ।’ (एजेन्सी)
काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...
जनकपुरधाम, जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज...
काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...