२०८० आश्विन १६
October 3, 2023, Tuesday

आईपीएल : राजस्थानसँग चेन्नई ७ विकेटले पराजित

आईपीएल : राजस्थानसँग चेन्नई ७ विकेटले पराजित

काठमाडौं,कार्तिक ४
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थान विजयी भएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको चेन्नईले दिएको १२६ रनको लक्ष्य राजस्थानले १७ ओभरमै पूरा गरेको हो । लक्ष्य भेट्न उसले तीन विकेट गुमाउनु परेको थियो ।​

राजस्थानका लागि जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय इनिङ्स खेले । उसका लागि कप्तान स्टिभ स्मिथ २६, बेन स्टोक्सले १९ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाएनन् । रोबिन उथप्पाले ४ रन बनाउँदा सन्जु सामसन शून्य रनमा समेटिए । ​चेन्नईका लागि दिपक चाहरले २ र हाजउडले १ विकेट लिए ।

पहिलो ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १२५ रन बनाएको थियो । उसका लागि रबिन्द्र जडेजाले अविजित ३५, कप्तान महेन्द्र सिंह धोनी २८, साम करण २२, अम्बाती रायाडुले १३ रन बनाए भने फाप डु प्लेसिसले १० रनमा समेटिए ।

यो जितले राजस्थानको प्लेअफमा जाने सम्भावना कायमै छ । उसले १० खेलमा ८ अंक जोडेको छ । यो हारसँगै धोनीको टिम चेन्नईको प्ले अफ सम्भावना भने कमजोर बनेको छ । अंक तालिकाको पुछारमा रहेको उसले ६ अंक जोडेको छ ।

Related News

फतुवा विजयपुर नगरपालिकाको आम जनता पार्टीको नगर अध्यक्षमा यादव सर्वसहमत
फतुवा विजयपुर नगरपालिकाको आम जनता पार्टीको नगर अध्यक्षमा यादव सर्वसहमत
  • २०७७ कार्तिक ४, मंगलवार ०४:३९ गते

असोज १६ गते पूर्व मन्त्री प्रभू साह नेतृत्वको आम जनता पार्टी (आजपा) रौतहटको फतुवा विजयपुर नगरपालिका कमिटीको अध्यक्षमा विजय यादव...

नेपाल भारतसँग पराजित
नेपाल भारतसँग पराजित
  • २०७७ कार्तिक ४, मंगलवार ०४:३९ गते

एसियाली क्रिकेटअन्तर्गत चीनको हाङझाउमा आज सम्पन्न टी२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । भारतले प्रस्तुत...

      लागु औषध चरेश जस्तो देखिने पदार्थ ५ के.जी. सहित २ जना व्यक्ति पक्राउ
      लागु औषध चरेश जस्तो देखिने पदार्थ ५ के.जी. सहित २ जना व्यक्ति पक्राउ
  • २०७७ कार्तिक ४, मंगलवार ०४:३९ गते

मिति २०८०।०६।१३ गते अं. १४:०० बजेको समयमा का.जि. का.म.न.पा. वडा नं.१६ कालधारा स्थितमा प्रहरी बृत लैनचौरबाट खटिएको प्रहरी टोलीले चेक...

TOP