काठमाडौं,कार्तिक ४
सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ । यस वर्ष बडादशैँमा एक हजार खसी तथा बोका बिक्री गर्ने तयारी रहेकामा एकै दिन (सोमबार) नै ५४० वटा बिक्री भइसकेको कम्पनीले जनाएको छ । हेटौँडा र दाङबाट थप खसीबोका आज साँझसम्म आउने क्रममा रहेको कम्पनीले जनाएको छ ।
एकै दिनमा अनुमान गरेभन्दा धेरै खसीबोका बिक्री भएपछि आज अपराह्न खसीबोका बिक्री नहुने जनाइएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण गत वर्षका तुलनामा यस वर्ष बिक्रीमा कमी आउने अनुमान गर्दै कम्पनीले एकएक हजार खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको थियो । तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा नै महँगो भएपछि खसीबोका मात्र बिक्री गरिएको थियो । अनुमान गरेभन्दा धेरै खसीबोका बिक्री भएपछि थप खरीदका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अपराह्न छलफल हुने कम्पनीले जनाएको छ ।
हेटौँडा वरपर खसीबोका सकिएको र थप खरीद गर्न नसक्ने जानकारी आएकोसमेत कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकिलो रु १० छुट दिएर रु ५५० मा खसीबोका बिक्री गरेको छ । निजी क्षेत्रका खसी व्यवसायीले प्रतिकिलो रु ६ सय देखि ६५० सम्म बिक्री गरेका छन् । (रासस)
काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...
काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १...
काठमाडौ, सरकारी वार्ता टोलि र मिटरव्याज विरुद्धको संघर्ष समिति, नेपालबीच शनिबार साँझ गृहमन्त्रालयमा पाँचबुदे सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले...