काठमाडौं,कार्तिक ४
नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । कर्णाली प्रदेशको विवाद सल्ट्याउन छलफलमा जुटेका ओली र प्रचण्डबीचको आजको वार्ता सकिएको हो ।
यद्यपी दुवैबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा निष्कर्ष भने निस्किएन । भेटवार्तामा प्रचण्डले कर्णालीमा देखिएको पार्टी विवादलाई केन्द्रबाट हस्तक्षप नगर्न ओलीलाई आग्रह समेत गरेका थिए । प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रचण्डले प्रदेश कमिटी अन्तर्गत नै समस्या समाधान गर्न प्रस्ताव पनि राखेका थिए ।
प्रचण्डको प्रस्तावमा ओलीले भने कुनै प्रतिक्रिया नदिएको बताइएको छ । मंगलबारको भेटवार्तामा प्रचण्डले केन्द्रको निर्देशन अनुसार महाअभियोगको प्रस्ताव आएको भन्दै असन्तुष्टि जनाएका थिए ।
कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव आएपछि ओली र प्रचण्डबीच फेरि तिक्तता बढेको छ । त्यहाँको विवाद समाधानका लागि विवाद सुरू भएदेखि नै प्रचण्ड सक्रिय भएर लागि परेका छन् । उनले प्रम ओलीसँग लगातार छलफल गरिरहेका छन् ।
प्रचण्डले मुख्यमन्त्री शाही पक्ष र अविश्वासको प्रस्ताव दर्ता गराउने पूर्व एमालेका नेता यामलाल कँडेलसँग पनि छलफल गरिसकेका छन् । ओलीले पनि छुट्टा छुट्टै छलफल गरिसकेका छन् ।
कार्तिक १ गते ओलीले कर्णालीका नेताहरुलाई राखेर छलफल गर्न खोजेपनि प्रचण्डले भेट बहिस्कार गरेका थिए । त्यसयता ओली(प्रचण्डको बिवाद झनै बढेको बताइएको छ । पार्टीमा लामो समयसम्म देखिएको विवाद समाधानका लागि भएको सम्झौता कार्यान्वयन नहुँदै फेरि विवाद सुरु गरेको प्रचण्डको आरोप समेत छ ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...