२०८० आश्विन १४
October 1, 2023, Sunday

चितवनको खैरहनीमा करदाता सेवा कार्यालय

चितवनको खैरहनीमा करदाता सेवा कार्यालय

काठमाडौं,कार्तिक ४
पूर्वी चितवनका करदातालाई मध्येनजर गर्दै खैरहनी नगरपालिकामा स्थापना गरिएको करदाता सेवा कार्यालयले सेवा सुरु गरेको छ । २०७६ साल पुस २१ गतेको नेपाल सरकार मन्त्री स्तरीय बैठकले चितवनको खैरहनी सहित देशका २४ ठाउँमा सेवा कार्यालय खोल्ने निर्णय गरेको थियो । आन्तरिक राजस्व कार्यालय अन्तर्गतको सेवा कार्यालयको मंगलबार उद्घाटन गरेसँगै सेवा सुरु भएको हो ।

अब पूर्वी चितवनका रत्ननगर, खैरहनी, कालिका र राप्तिका करदाताले यसै सेवा कार्यालयबाट सेवा लिन पाउने छन् ।

सेवा कार्यालय प्रमुख कपिलराज नेपालका अनुसार दर्ता खारेजी बाहेक राजस्व कार्यालयबाट प्रदान हुने अन्य सबै सेवाहरु सेवा कार्यालयबाट प्रदान हुनेछ । राजस्व संकलन, स्थायी लेखा नम्बर, मुअकर दर्ता, कर चुक्ता, अग्रिम कर कट्टी विवरण, आय विवरण प्राप्त, पान कार्डमा भएका विवरण अध्यावधिक गर्ने काम हुने सेवा कार्यालय प्रमुख नेपालले बताए ।

खैरहनी ८ मा स्थापना गरिएको सेवा कार्यालयको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले एक कार्यक्रमका बिच उद्घाटन गरे । सेवा कार्यालय उद्घाटन गर्दै प्रजिअ भट्टराईले राजस्व संकलनमा सेवा कार्यालयले शतप्रतिशत सफलता हाँसिल गर्ने विश्वास व्यक्त गरे । मुनाफाको निश्चित हिस्सा सरकारलाई तिर्नुपर्ने भन्दै प्रजिअ भट्टराईले सेवा तिर्न पाउने अधिकारलाई सहज बनाउन सेवा कार्यालय स्थापना गरिएको बताए ।

पूर्वी चितवनको सम्भावनालाई विकास गर्न यस्ता कार्यालयको भुमिका महत्त्वपूर्ण हुने समेत भट्टराईको भनाइ थियो ।

आन्तरिक राजस्व कार्यालय चितवनका प्रमुख कर अधिकृत शुभ प्रसाद रिजालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटा ,राप्ती उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष प्रदिप उप्रेती, नेपाल अडिटर्स एसोसिएसन बागमती प्रदेश उपाध्यक्ष देवी प्रसाद डल्लाकोटिले खैरहनिमा करदाता सेवा कार्यालय स्थापना गरिएकोमा धन्यवाद दिँदै कर संकलनमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७७ कार्तिक ४, मंगलवार ११:२० गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७७ कार्तिक ४, मंगलवार ११:२० गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
  • २०७७ कार्तिक ४, मंगलवार ११:२० गते

नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...

TOP