२०७९ चैत्र १८
April 1, 2023, Saturday

थुलुङ राई मातृभाषा शिक्षक नियुक्ति गर्दै थुलुङ दुधकोशी गाउँपालिका

थुलुङ राई मातृभाषा शिक्षक नियुक्ति गर्दै थुलुङ दुधकोशी गाउँपालिका

काठमाडौं,कार्तिक ४
सोलुखुम्बुस्थित थुलुङ दुधकोशी गाउँपालिकाले करारमा थुलुङ राई मातृभाषाको शिक्षक नियुक्ति गर्ने भएको छ ।सो गाउँपालिका अध्यक्ष तथा गाउँपालिका महासंघ प्रदेश नं. १ का कोषाध्यक्ष असिम राईको अध्यक्षतामा गत आइतबार बसेको कार्यपालिकाको बैठकले थुलुङ राई मातृभाषा शिक्षक करारमा नियुक्ति गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता तथा ९ नं. वडाध्यक्ष भूपालसिंह राईले जानकारी दिए ।

प्रवक्ता राईका अनुसार आव ०७७र७८ को गाउँसभाबाट थुलुङ राई मातृभाषा शिक्षक नियुक्तिको लागि विनियोजित बजेटबाट शिक्षक करारमा नियुक्ति गरिनेछ । यस्तै बैठकले कक्षा १ देखि ५ सम्मको किरात थुलुङ राई भाषाको पाठ्यक्रम स्वीकृत समेत गरेको छ । हाल थुलुङ राई संस्कृति प्रतिष्ठानले थुलुङ राई भाषाको कक्षागत किताबहरु तयारी गर्दै आइरहेको छ । विसं २०७५ सालमा साहित्यकार खुक्सङ खम्बु राईको संयोजकत्वमा गठित थुलुङ राई भाषा पाठ्यक्रम विकास समितिले कक्षा १ को पाठ्यपुस्तक सार्वजनिक गरेको थियो भने समिति प्रतिष्ठानमा गाभिएपछि कक्षा २ र ३ को किताब प्रतिष्ठानले तयार गरेको छ ।

तयारी पाठ्यक्रम तथा पाठ्यपुस्तक सोलुखुम्बु र खोटाङका विभिन्न विद्यालयहरूमा हाल पढाइ भइरहेको छ । ओखलढुङ्गा र भोजपुरमा पनि चाँडै पढाइ शुरु हुने प्रतिष्ठानका अध्यक्ष निर्कुधन थुलुङ राईले जानकारी दिए ।

गाउँपालिकाको यस ऐतिहासिक निर्णयलाई सिङ्गो थुलुङ राई समुदाय र विशेषतः आदिवासी अगुवाहरू तथा सचेत वर्गहरुले तारिफ गरिरहेको प्रतिष्ठानका महासचिव तथा गायक पदम थुलुङले बताए ।

Related News

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७७ कार्तिक ४, मंगलवार ११:२४ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
  • २०७७ कार्तिक ४, मंगलवार ११:२४ गते

काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...

देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
  • २०७७ कार्तिक ४, मंगलवार ११:२४ गते

काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

TOP