२०७९ चैत्र १३
March 27, 2023, Monday

‘आम नागिरकलाई प्रहरीले गर्ने व्यवहार दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्छ’

‘आम नागिरकलाई प्रहरीले गर्ने व्यवहार दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्छ’

काठमाडौं,कार्तिक ५
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने प्रहरी र प्रहरीको छविमा आमूल परिवर्तन आउने भएकोले आम नागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा बुधबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा सञ्चालिन १-१८०औं समूह पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स ११औं समूह को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, शारीरिक व्यायाम तथा आत्मबल अभिवृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक निर बहादुर बानियाँ, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक धर्मराज खत्री र चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक प्रवेश कार्कीलाई पुरस्कार प्रदान गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दीक्षित भई कार्यक्षेत्रमा खटिन जाने प्रहरी कर्मचारी अब नाम वा व्यक्ति मात्र नभई संस्था एवम् सार्वजनिक व्यक्तित्व भएको उल्लेख गर्दै संस्थागत व्यवहारप्रति सदैव संवेदनशील रहन आग्रह गरे । आम नागरिकले प्रहरीमा राष्ट्र देख्छ, त्यसकारण निसहाय नागरिक प्रहरी समक्ष न्याय र सहयोगको निम्ति आएमा प्रहरीको व्यवहार दुरुस्त हुनुपर्नेमा उनले जोड दिए ।

कहिलेकाहीँ चुनौती अवसरको रुपमा पनि आउने र ती चुनौती तथा समस्याको समाधानका प्रयासले दीक्षित हुने प्रशिक्षार्थीहरुको आगामी दिन निर्धारण गर्ने बताउँदै उनले असल, जनताले रुचाइएको, निष्पक्ष, प्रविधिमैत्री एवम् जन उत्तरदायी प्रहरीको रुपमा आफूलाई प्रस्तुत गर्न समेत दीक्षित हुने प्रशिक्षार्थीहरुलाई निर्देशन दिए ।

दीक्षान्त समारोहमा पिजीडिपिएस कार्यक्रम सल्लाहकार प्रा।डा। राजिव विक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाली सेना तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा वरिष्ठ प्रहरी अधिकृतहरु, संचारकर्मी, प्रशिक्षार्थीहरुका अभिभावकहरु तथा अन्य आमन्त्रितहरुको उपस्थिति रहेको थियो ।

Related News

नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
  • २०७७ कार्तिक ५, बुधबार ११:४७ गते

काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...

जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ मनाइँदै
जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ मनाइँदै
  • २०७७ कार्तिक ५, बुधबार ११:४७ गते

जनकपुरधाम, जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
  • २०७७ कार्तिक ५, बुधबार ११:४७ गते

काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...

TOP