२०८१ श्रावण ९
July 24, 2024, Wednesday

इन्फ्रास्ट्रक्चर बैंकले सबैभन्दा ठूलो ८ अर्बको आईपीओ ल्याउँदै, डाक्यो वार्षिक साधारण सभा

इन्फ्रास्ट्रक्चर बैंकले सबैभन्दा ठूलो ८ अर्बको आईपीओ ल्याउँदै, डाक्यो वार्षिक साधारण सभा

काठमाडौँ,कार्तिक ५
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्बको आईपीओ ल्याउने भएको छ । बैंकको दोश्रो वार्षिक साधारण सभा मंसिर ३ गते हुने भएको हो । नेपाल इन्फ्राइस्ट्रक्चर बैंकले ल्याउँन लागके आईपीयो अहिलेसम्मको सबैभन्दा ठूलो हो । आईपीओ प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले काठमाडौँ १० नयाँ बानेश्वर स्थित बैंकको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजे साधारण सभा गर्ने निर्णय गरेको छ ।

अनलाइन प्रविधि मार्फत समेत सहभागी हुन सक्ने गरी शेयरधनीहरुलाई कन्फ्रेन्सको लिंक र आईडी÷पासवर्ड उपलब्ध गराउने व्यवस्था समेत बैंकले गरेको छ ।

साधारण सभाले ८ अर्ब रुपियाँको ८ करोड कित्ता सर्वसाधारण शेयर आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउने कम्पनीले जानकारी दिएको छ ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७७ कार्तिक ५, बुधबार ०७:५२ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७७ कार्तिक ५, बुधबार ०७:५२ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
  • २०७७ कार्तिक ५, बुधबार ०७:५२ गते

काठमाडौं । विश्व २१ औँ फिस्टुला दिवस नेपालमा पनि मनाइएको छ । विहीबार राजधानीको काठमाडौँ मोडल अस्पताल(केएमसी)मा बिरामी र डाक्टरहरुले...

TOP