काठमाडौं,कार्तिक ५
बारामा प्रहरीले गोली हानेर एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । भारतको मोतिहारी पूर्वी चम्पारण दुधिअवाका २८ वर्षीय बृजकिशोर कुशवाहालाई प्रहरीले बुधबार दिउँसो साढे ३ बजे गोली हानेर नियन्त्रणमा लिएको हो ।
कुशवाहा सिम्रौनगढ नगरपालिका ९ सानो बंकुलमा भारतबाट नेपाल आउँदै गरेका कुशवाहा प्रहरीलाई देखेर भागेपछि शंका लागेर प्रहरीले रोक्न खोेजेको थियो । त्यसक्रममा ती युवकलेआफ्नो पेस्तोल निकालेर प्रहरीमाथि गोली प्रहार गरेका थिए । तर प्रहरीलाई गोली लागेन ।
प्रहरीले ३०३ राइफलबाट १ राउण्ड फायर गर्दा ती युवकको भने बायाँ पाखुरामा गोली लागेको बताइएको छ । उनको साथबाट पेस्तोल र ४ राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।
अहिले उनको उपचारको लागि कंकाली पोलिक्लिनिकल सिम्रौनगढमा लगिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ ।
काठमाडौं, दुई दिने नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि...
काठमाडौं, निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी...
काठमाडौँ, राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र...