२०८१ बैशाख ७
April 19, 2024, Friday

मंसिर १३ गते उद्योग वाणिज्य महासंघको निर्वाचन,कुन पदको मतदान स्थाल कहाँ ? सूचीसहित

मंसिर १३ गते उद्योग वाणिज्य महासंघको निर्वाचन,कुन पदको मतदान स्थाल कहाँ ? सूचीसहित

काठमाडौं,कार्तिक ५
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको कार्यतालिका प्रकाशित भएको छ । आगामी मंसिर ११ र १२ गते साधारणसभाको अनुमति पाएको महासंघले निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

निर्वाचन समितिले निकालेको सूचना अनुसार मंसिर ४ गते साँझ ५ बजेसम्म उम्मेद्वारले मनोनयन दाखिला गरिसक्नुपर्ने छ । मंसिर २ गते नै मतदान गर्न पाउने सदस्यहरुको नाम सार्वजनिक हुनेछ । मंसिर ३ गते दिउँसो २ बजेसम्म मतदान गर्न पाउने सदस्यहरु विरुद्द उजुरी दिने समय तोकिएको छ । सोही दिन साँझ ६ बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुने छ ।

मंसिर ४ गते साँझ ६ बजे उम्मेद्वारको पहिलो नामावली प्रकाशन हुनेछ । मंसिर ५ गते बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म उम्मेद्वारको विरुद्दमा दाबी विरोध गर्न पाईने छ । उम्मेद्वारहरुको अन्तिम नामावली भने मंसिर ८ गते साँझ ५ बजे प्रकाशित हुनेछ ।मतदान भने मंसिर १३ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ ।

बरिष्ठ उपाध्यक्षको निर्वाचनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीलाई मतदान स्थल तोकिएको छ ।

उपाध्यक्षहरुको निर्वाचन कार्की ब्याङक्वेट बबरमहलमा हुने भएको छ । अरु कार्यकारिणी सदस्यहरुको निर्वाचनका लागि भने महासंघको भवन टेकुलाई नै मतदान स्थल तोकिएको छ ।

जिल्ला नगरस्तरीय र बस्तुगत संघले मुख्य प्रतिनिधिसहित २ जना र उम्मेद्वार खडा गर्ने जिल्ला नगरस्तरीय उद्योग वाणिज्य संघ र बस्तुगत संघले उम्मेदरवारसहित ३ जना प्रतिनिधि पठाउन सक्ने छन् ।

Related News

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०७७ कार्तिक ५, बुधबार ०५:३२ गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७७ कार्तिक ५, बुधबार ०५:३२ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

बस र सुमो ठोक्किँदा सात घाइते
बस र सुमो ठोक्किँदा सात घाइते
  • २०७७ कार्तिक ५, बुधबार ०५:३२ गते

बनेपा, वैशाख ६ गते । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका –२ बेलामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा सात जना यात्रु...

TOP