२०७९ चैत्र १८
April 1, 2023, Saturday

सिरी ए फुटबल : एसी मिलान रोमासँग बराबरीमा रोकियो

सिरी ए फुटबल : एसी मिलान रोमासँग बराबरीमा रोकियो

काठमाडौं,कार्तिक ११
इटालियन सिरी ए फुटबल अन्तर्गतको खेलमा शीर्ष स्थानमा रहेको एसी मिलान बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा मिलान रोमासँग ३-३ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफ १-१ को बराबरी खेलेका मिलान र रोमाले दोस्रो हाफमा दुईदुई गोल गरेका हुन् । घरेलु मैदानमा एसी मिलानका लागि खेलको दोस्रो मिनेटमै जाल्टन इब्राहिमोविचले गोल गरेका थिए । १२ मिनेटसम्म खेलमा अग्रता लिएको मिलानको पोस्टमा खेलको १४ औँ मिनेटमा इडेन डिजेकोले रोमाका लागि बराबरी गोल फर्काए । पहिलो हाफको १५ मिनेटसम्म खेल रोचक बन्यो । त्यसपछि पहिलो हाफमा कुनै गोल हुन सकेन ।

दोस्रो हाफको सुरुवात अर्थात् खेलको ४७ औँ मिनेटमा एसी मिलानलाई एलेक्सिज सिलेमेकर्सको गोलले अग्रता दिलायो । तर, यो अग्रता ७१ मिनेटसम्म मात्र टिक्न सक्यो । रोमाले पाएको पेनाल्टीलाई जोर्डन वेरेतोउतले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याए ।

एसी मिलानले ७९ औं मिनेटमा पाएको पेनाल्टीलाई इब्राहिमोविचले गोलमा परिणत गर्दा खेल ३-२ गोल अन्तरमा पुग्यो । तर यो अग्रतालाई पाँच मिनेट भन्दा धेरै टिक्न नदिएको रोमका लागि खेलको ८४ औं मिनेटमा माराश कुम्बुलाले गोल गर्दै खेल ३-३ को बराबरीमा पुर्याए । एजेन्सी

Related News

आईपीएलमा साविक विजेता गुजरातको विजयी सुरुआत
आईपीएलमा साविक विजेता गुजरातको विजयी सुरुआत
  • २०७७ कार्तिक ११, मंगलवार ०५:१३ गते

एजेन्सी, साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित...

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७७ कार्तिक ११, मंगलवार ०५:१३ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
  • २०७७ कार्तिक ११, मंगलवार ०५:१३ गते

काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...

TOP