२०७९ मंसिर २४
December 10, 2022, Saturday

नेपालमा ७४.१ प्रतिशत कोरोनामुक्त, दशैंमा परीक्षण घट्दा नयाँ सङ्क्रमित थोरै

नेपालमा ७४.१ प्रतिशत कोरोनामुक्त, दशैंमा परीक्षण घट्दा नयाँ सङ्क्रमित थोरै

काठमाडौं,कार्तिक १२
नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मंगलबारसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन् ।

प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४७८, वागमतीमा ५७ हजार ९५५, गण्डकीमा पाँच हजार ७६०, लुम्बिनीमा १४ हजार ५१०, कर्णालीमा चार हजार ६२० र सुदूरपश्चिममा आठ हजार ४९१ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा तीन हजार १६८ जना कोरोनामुक्त भएका छन् ।

अहिले ४० हजार ६८१ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २८१ को सघन उपचार कक्ष र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कूल ३२ हजार ४६४ सङ्क्रमित होम आइसोलेसनमा छन् ।

झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा सक्रिय सङ्क्रमित छैनन् । पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८७६ पुगेको छ ।

दसैंमा परीक्षण घट्दा संक्रमण कम
दसैंको समय भएकाले स्वाब परीक्षण कम हुँदा संक्रमित कम भएको देखिन्छ । मन्त्रालयका अनुसार शुक्रबार अर्थात् दसैंको फूलपातीका दिन १६ हजार आठ सय ६३ जनाको पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये चार हजार चार सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै शनिबार महाअष्टमीका दिन १३ हजार आठ सय ४६ जनाको पीसीआर परीक्षण हुँदा दुई हजार दुई सय २५ जनामा कोरोना पुष्टि भएको थियो । भने आइतबार महानवमीका दिन १२ हजार तीन सय ११ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार आठ सय ५६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

सोमबार विजयादशमीको दिन पाँच हजार छ जनाको मात्रै पीसीआर परिक्षण गरिएको थियो । तीमध्ये एक हजार सात सय ४१ जनामा कोरोना पुष्टि भएको थियो । मंगलबार दुई हजार ७२५ नमूना परीक्षण गर्दा ५७० जनामा सङ्क्रमण पुष्टि भयो ।

यो बेला परीक्षण कम भएकाले नयाँ संक्रमित थोरै थपिएका हुन् । चाडपर्वको समयमा संक्रमण केही घटेको देखिए पनि चाडपर्वमा धेरै आवतजावत भएकाले फेरि संक्रमण बढ्ने अनुमान जनस्वास्थ्यविद्ले गरेका छन् । ​

Related News

त्रिविले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनायो : प्रभानमन्त्री देउवा
त्रिविले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनायो : प्रभानमन्त्री देउवा
  • २०७७ कार्तिक १२, बुधबार ०५:४२ गते

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुरयाएको बताएका छन् । आज पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन...

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक, अन्तरिम आदेश जारी
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक, अन्तरिम आदेश जारी
  • २०७७ कार्तिक १२, बुधबार ०५:४२ गते

काठमाडौ, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च प्रवेश गर्न नपाउने भएका छन्। उनलाई नियमित काममा फर्किन रोक लगाउन माग गर्दै परेको...

जबरालाई सफाइ दिने निर्णयविरुद्धको रिटमाथि बहस सकियो, न्यायाधीशहरू छलफलमा
जबरालाई सफाइ दिने निर्णयविरुद्धको रिटमाथि बहस सकियो, न्यायाधीशहरू छलफलमा
  • २०७७ कार्तिक १२, बुधबार ०५:४२ गते

काठमाडौं, महाभियोग प्रस्ताव आएपछि गत फागुन–१ देखि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सफाइ दिने गरी पत्र दिने निर्णयविरुद्धको रिटमातिथको बहस...

TOP