२०७८ आश्विन १
September 17, 2021, Friday

सवारी दुर्घटनामा ६ को मृत्यु

सवारी दुर्घटनामा ६ को मृत्यु

काठमाडौं,कार्तिक १२
खोटाङ, बारा, कञ्चनपुर र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।खोटाङ, बाह्रपोखरी गाउँपालिका-५ सोह्रखानीस्थित सडकमा को १ ज ३४७० नम्बरको ट्याक्सी अनियन्त्रित भई बाटोबाट करिब २ सय ५० मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा बाह्रपोखरी गाउँपालिका-६ बस्ने ४५ वर्षीय दक्षुमान राई समेत ३ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा गम्भीर घाइते भएका उदयपुर चौदण्डीगढी नगरपालिका-६ बस्ने २८ वर्षीय छत्र बहादुर राई समेत ४ जनाको धरान घोपामा उपचार भईरहेको छ ।

ट्याक्सीका चालक उदयपुर चौदण्डीगढी नगरपालिका-६ माझीगाउँ बस्ने २७ वर्षीय यम बहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, कलैया उपमहानगरपालिका(१६ स्थित सडकमा बा-२१ च ४९७ नम्बरको कारको ठक्करबाट मंगलबार साँझ सोही महानगरपालिका९६ बस्ने साइकलयात्री ३० वर्षीय गुड्डु शेखको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाईते भएका गुड्डुको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुर, शुक्लाफाटाँ नगरपालिका-११ बनहरास्थित सडकमा लु-६० प ७१४० र म-१ प ९६२८ नम्बरका दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा म-१ प ९६२८ नम्बरको मोटरसाइकल चालक भिमदत्त नगरपालिका(६ ऐठपुर बस्ने गुल्मी घर भएका ४२ वर्षीय बिष्णु ज्ञवालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ज्ञवालीको महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका लु-६० प ७१४० नम्बरको मोटरसाइकल चालक कैलाली गोदावरी नगरपालिका(१० बस्ने ३४ वर्षीय युवराज जोशीको शुक्लाफाँटा क्लिनिक झलारीमा उपचार भईरहेको छ ।

सप्तरी, कञ्चनरुप नगरपालिका-२ बरमझियास्थित सडकमा बुधबार बिहान बा-१८ च ७७३४ नम्बरको कारको ठक्करबाट सोही स्थान बस्ने ७० वर्षीय तिलक सुरतको घटनास्थलमै मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related News

कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने
कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने
  • २०७७ कार्तिक १२, बुधबार ०७:४१

२२ साउन, काठमाडौं । कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ...

देशभरि थपियो १४३३ खोप केन्द्र
देशभरि थपियो १४३३ खोप केन्द्र
  • २०७७ कार्तिक १२, बुधबार ०७:४१

२३ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता...

पत्रकार कुशलभ केसीको उदारता — आफुलाई आक्रमण गर्नेलाई आम माफी ।
पत्रकार कुशलभ केसीको उदारता — आफुलाई आक्रमण गर्नेलाई आम माफी ।
  • २०७७ कार्तिक १२, बुधबार ०७:४१

काठमाडौँ । अनलाईन टीभी पत्रकार संघका केन्द्रीय उपाध्यक्ष तथा सञ्चार चौतारी डटकम र क्राइम टीभी नेपालका सञ्चालक पत्रकार कुशलभ केसीले...

TOP