काठमाडौं,कार्तिक १३
विभिन्न जिल्लामा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । झापा, दमक नगरपालिका-२ स्थित डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर मोरङ मिक्लाजुङ गाउँपालिका-५ बस्ने २२ वर्षीय मुकेश मगरको बुधबार मृत्यु भएको छ । मुकेश डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।
यस्तै काभ्रे, माहाभारत गाउँपालिका-७ अधेरी खोलामा पौडी खेल्ने क्रममा डुबेर पनौती नगरपालिका(१ र्याले बस्ने २१ वर्षीय बिनोद श्रेष्ठको बुधबार मृत्यु भएको छ ।
त्यसैगरी धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका-३ तुल्सियाही बस्ने जितेन्द्र महतोकी १२ वर्षीया छोरी काजल कुमारी महतोको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर बुधबार मृत्यु भएको छ । पानी भित्रबाट माटो निकाल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...