काठमाडौं,कार्तिक १३
सत्तारूढ नेकपाको पर्साका कार्यकर्ता मुकेश चौरसिया हत्या प्रकरणमा संलग्नलाई कारवाहीको माग गर्दै नेकपा स्थायी कमिटी सदस्य मातृका यादवसहित ३७ जना सदस्यले संयुक्त विज्ञप्ति निकालेका छन् ।
पर्साको बिन्दबासिनी गाउँपालिकाका सचिव चौरसियाको गत कात्तिक ६ गते पार्टीको सपथ कार्यक्रममा हत्या भएको थियो ।घटनामा संलग्न व्यक्तिको नाम समेत राखेर किटानी जाहेरी दिँदा समेत प्रहरीले जाहेरी समेत लिन मानेको थिएन । नेकपा नेताहरु मातृका यादव, विश्वनाथ साह, नागेन्द्र चौधरी, महेन्द्र पासवान लगायत ३७ जनाले विज्ञप्ति निकालेका हुन् ।
जिल्ला प्रहरी कार्यालयले पीडितको जाहेरीसमेत दर्ता गर्न नमानेको भन्दै उनीहरुले प्रहरीले नै कानुनी राज्यको खिल्ली उडाएको जिकीर गरेका छन् । प्रहरी आफ्नो कर्तव्यबाट च्युत भएको उनीहरूको ठहर छ ।
सर्लाही । पुराना वामपन्थी नेता तथा विधायक पदका प्रत्याशी सुरेश महतोले आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।...
बाँके प्रहरीले गत सोमबार दिउँसो सुर्खेतरोडमा भएको हत्या प्रकरणमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । चेतनको हत्या गर्न नेपालगञ्जको...
काठमाडौं न्युरोडमा गएराति ११ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको छ ।इन्द्रजात्रा हेर्न न्युरोड पुगेका...