२०७९ चैत्र १३
March 27, 2023, Monday

धान खेतमा माछापालन : चार महिनामा तीन लाखभन्दा बढी आम्दानी

धान खेतमा माछापालन : चार महिनामा तीन लाखभन्दा बढी आम्दानी

कञ्चनपुर,कार्तिक १३
शुक्लाफाँटा नगरपालिका-९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी तीन लाख बढी आम्दानी गरेका छन् । जेकेए पशुपंक्षी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आएका ऐरले विगत चार महिनाको अवधिमा खेतमा उत्पादन भएको माछा बेचेर तीन लाखभन्दा बढी आम्दानी गरेका हुन् ।

उनले एक विघा धान खेतमा कमन, रहु, भाकुर, नैनी, सिल्भर, ग्रासकार्पलगायत जातका माछापालन गरेका छन् । गत असार महिनामा माछाका पाँच हजार भुरा खेतमा राखेका उनले चार महिनामा सो भुराको तौल आधा किलोसम्म पुर्याएर विक्री गरेका छन् । “धान खेतमै पानी, चारो, मलको व्यवस्था गरी माछापालन गरेका छौँ”, उनले भने, “माछापालनबाट सोचे भन्दा बढी नै आम्दानी भएको छ ।” धानको उत्पादन समेत बढेपछि दोहरो आम्दानी हात परेको उनको भनाइ छ ।

“धान खेतमा माछापालन शुरु गरेपछि रोग किराको समस्या समेत हटेको छ । धानमा लाग्ने किरा सबै माछाले खाइ दिएपछि अरु वर्षको जस्तो रोग किराको समस्या पनि व्योहोर्नु परेन”, ऐरले भने, “माछासँगै धानको उत्पादन बढेपछि माछापालनलाई अर्को वर्ष पनि निरन्तरता दिने योजना छु ।”

धान काटेर थन्क्याई सकेका उनले खेतमा राखिएका माछा केही बिक्री गरेका छन भने केही बिक्रीका लागि तयारी अवस्थामा राखिएको छ । धानखेतसँगै उनले माछापालनका लागि चार वटा पोखरी समेत निर्माण गरेका छन् । विगतका वर्षमा ५र६ बोरी मात्रै धान उत्पादन हुने खेतमा यो वर्ष मसिनो जातको ३० बोरी धान उत्पादन भएको उनको भनाइ छ ।

धान खेतमा बिक्री नभएका माछा पोखरीमा राखेर ग्राहकको माग अनुसार बजारसम्म पुर्याउने उनको योजना छ । खेतमा माछापालनका लागि धान रोप्नु अघि नै घरमै तयार गरिएको प्रांगारिक मल राखेर जोताइ गर्नुपर्दछ । त्यसपछि खेतमा पानी लगाइ हिल्याएर मात्र धान रोप्नुपर्ने हुन्छ । धान रोपेको १५ दिन पछि युरिया मल छर्किएर माछाका भुरा ल्याएर खेतमा छाड्नु पर्ने उनको भनाइ छ ।

माछा राखिएको खेतको पानी अन्यत्र जान नदिनका लागि बलियो आलि मेण बनाउनु पर्ने हुन्छ । “खेत र पोखरीमा गरी दुई सय क्विन्टल माछा उत्पादन भएको छ”, ऐरले भने, “यसको बजार मूल्य छ लाख रहेको छ ।” माछापालनका लागि मात्रै ऐरले पाँच लाख लगानी गरेका छन । माछापालनसँगै उनले स्थानयी जातका कुखुरा, बङ्गुर, चाइनिज हाँस समेत पालेका छन् । फार्ममा माछा, कुखुरा, बङ्गुर र हाँस पालेका उनले यसका लागि भौतिक संरचना निर्माणमा ३० लाख लगानी गरेका छन । फार्म सञ्चालनका लागि केही रकम आफूसंगै भएको र केही रकम बैंकबाट ऋण लिएको उनको भनाइ छ । रासस

Related News

नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
  • २०७७ कार्तिक १३, बिहीबार ०५:५२ गते

काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...

जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ मनाइँदै
जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ मनाइँदै
  • २०७७ कार्तिक १३, बिहीबार ०५:५२ गते

जनकपुरधाम, जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
  • २०७७ कार्तिक १३, बिहीबार ०५:५२ गते

काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...

TOP