काठमाडौं,कार्तिक १३
सञ्चारकर्मी रवि लामिछाने दम्पत्तीलाई कोरोना संक्रमण भएको छ । लामिछानेले पीसीआर परीक्षण गर्दा आफू र पत्नी निकीता दुवैलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्चालमार्फत कोरोना देखिएको जानकारी दिँदै आफूहरु दुवैको स्वास्थ्य सामान्य रहेको बताएका छन् ।
उनले लेखेका छन्- ‘गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’
काठमाडौँ- गाईजात्राका अवसरमा हास्य कलाकारहरूले मुलुकको वर्तमान अवस्थाका बारेमा नेताहरूप्रति व्यङ्ग्य गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना...
काठमाडौं । दर्शकको अपार माया पाएको गीत “कति राम्री सान नानी, दिल बस्यो हिरैमा” बोलका गायक प्रशान्त पौडेलको “चिसो पानी...
मोरङ, साउन २६ । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर...