काठमाडौं,कार्तिक १४
कर्णाली प्रदेशमा उत्पन्न विवादपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बढेको तिक्तता तथा दुरी अझै घट्न सकेको छैन ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले कुरा फेरिरहेको, पार्टीको निर्णय उल्लंघन गरेर एकलौटी ढंगबाट अघि बढेको भन्दै कात्तिक ३ गते यता उनको छलफलको निम्तो समेत स्वीकार गरेका छैनन् । दुई अध्यक्षबीच संवाद हुन नसक्दा विवाद समाधान हुन सकेको छैन । सम्बन्ध सुमधुर बनाउन दुवैतर्फबाट दूतहरूको सक्रियता बढेको छ ।
बिहीबार मात्रै प्रदेश ५ का मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेलले खुमलटार पुगर अध्यक्ष दाहाललाई ओलीको सन्देश पुर्याएका थिए । दुई अध्यक्षका बीचमा जारी संवादहीनताको स्थिति तोड्न आग्रह समेत गरेका छन् ।
बुधबार पनि दाहाललाई भेट्न महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पुगेका थिए । छलफलमा प्रधानमन्त्रीले एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गरेको गुनासो प्रचण्डले गरेका थिए । प्रचण्डलाई मनाउन ओलीका दूत सक्रिय भएपनि प्रचण्ड संवादको मुडमा अझै देखिएका छैनन् ।
प्रचण्ड निकट नेताहरूले ओली एकलौटी ढंगबाट अघि बढेको आरोप लगाइरहेका छन् भने ओली निकट नेताहरूले प्रचण्डले पार्टीको काम गर्नुपर्नेमा चाहिनेभन्दा धेरै भागबन्डा खोजेर परिस्थित झन् बिगारेको आरोप लगाएका छन् ।
भारतीय गुुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीले भेट गरेपछि दुरी झनै बढेको पाइएको छ । प्रधानमन्त्रीले भने भारतले नै दूत पठाउँछु भनेको तर सामन्त गोयल आएको आफू निकट नेताहरुलाई जवाफ दिएको एक नेताले बताए ।
प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले भेटवार्ताका क्रममा गोयलले नेपाल(भारतबीचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने विषयमा गोयलले आफ्नो धारणा राखेको यसअघि नै बताएका थिए ।
प्रधानमन्त्रीको एकलौटी रबैया बढ्दै गएको भन्दै प्रधानमन्त्री निकट नेताहरूले प्रचण्ड(माधव नेपाल पक्षले अविश्वासको प्रस्ताव ल्याउन लागेको दावी समेत गरेका थिए । यद्यपी प्रचण्ड-नेपाल पक्षले त्यसलाई अस्विकार गरेको छ ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकास अन्तर्गतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् ।...