२०८१ बैशाख ६
April 18, 2024, Thursday

डोटीमा भिरबाट लडेर महिलाको मृत्यु

डोटीमा भिरबाट लडेर महिलाको मृत्यु

काठमाडौं,कार्तिक १५
जिल्लाको दिपायल सिलगढी नगरपालिका-७ पाँकरीस्थित नाउटेपानी खोलाको भिरबाट लडेर २८ वर्षीया एक महिलाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शुक्रबार दिउँसो घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला सोही गाउँकी २८ वर्षीया शारदा कठायत भण्डारीको भिरबाट लडेर मृत्यु भएको हो । शुक्रबार बाख्रा घर आए पनि बाख्रा चराउन गएकी शारदा राति अबेरसम्म घरमा नआउँदा स्थानीयवासीले खोजी गरेपछि गाउँ नजिकैको नाउटेपानी खोलाको भिरबाट लडेर मृतावस्थामा भेटिएको वडाध्यक्ष कर्णबहादुर विष्टले जानकारी दिए । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । हत्या आरोपी पक्राउ

अछामको ढकारी गाउँपालिका-७ का १५ वर्षीय देवेन्द्र थापाको हत्या गरेको आरोप लागेका दुई फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा ढकारी गाउँपालिका-७ का नरेन्द्र बुढा र नरबहादुर बुढा रहेका छन् ।

पक्राउ परेकाहरुले यही कात्तिक १० राति ढकारी गाउँपालिका–३ स्थित चोइटेखालीबाट घर फर्किने क्रममा १५ वर्षीय देवेन्द्र थापा र सोही ठाउँका १४ वर्षीय रुद्र थापालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोप लागेको छ ।

घाइते देवेन्द्रको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा कात्तिक ११ बिहान मृत्यु भएको थियो भने अर्का घाइते रुद्रको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरी कानूनी कारवाही शुरु गरी जिल्ला अदालत पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Related News

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७७ कार्तिक १५, शनिबार ०८:४० गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

बस र सुमो ठोक्किँदा सात घाइते
बस र सुमो ठोक्किँदा सात घाइते
  • २०७७ कार्तिक १५, शनिबार ०८:४० गते

बनेपा, वैशाख ६ गते । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका –२ बेलामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा सात जना यात्रु...

६० किलो सुन तस्करी प्रकरण : इन्टरपोलबाट जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी
६० किलो सुन तस्करी प्रकरण : इन्टरपोलबाट जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी
  • २०७७ कार्तिक १५, शनिबार ०८:४० गते

काठमाडौँ । ६० किलो सुनमा जोडिएका जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन जारी गरिएको छ । नेपाल प्रहरीको अनुरोधमा...

TOP