२०८० चैत्र १५
March 28, 2024, Thursday

क्रिस्टियानो रोनाल्डो कोरोनामुक्त

क्रिस्टियानो रोनाल्डो कोरोनामुक्त

काठमाडौं,कार्तिक १५
फुटबलर क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमण मुक्त भएका छन् । पोर्चुगल राष्ट्रिय टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो १९ दिनपछि कोरोनामुक्त भएका हुन् ।

शुक्रबार रोनाल्डोको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । अक्टोबर १३ मा कोरोना संक्रमण पुष्टि भएपछि रोनाल्डोले युभेन्टसका महत्वपूर्ण खेल गुमाएका थिए ।

उनले पोर्चुगलको स्विडेनविरुद्धको खेल सहित युभेन्टसका सिरी ए का क्रोटोने र भेरोनासँगका खेल गुमाएका थिए भने च्याम्पियन्स लिगका डाइनामो किभ र बार्सिलोनासँगका खेल गुमाएका थिए ।

अब रोनाल्डोको अर्को परिक्षण आज फेरी हुने र उनी प्रशिक्षणमा जाने युभेन्टसले जानकारी दिएको छ । युभेन्टस आइतबार सिरी ए अन्तर्गत स्पेजियाविरुद्ध खेल्दैछ ।

Related News

नेपाल ‘ए’ र आयरल्यान्डबिचको पहिलो खेल रद्द
नेपाल ‘ए’ र आयरल्यान्डबिचको पहिलो खेल रद्द
  • २०७७ कार्तिक १५, शनिबार ०५:१७ गते

काठमाडौँ, चैत १५ गते । नेपाल ‘ए’ र आयरल्यान्डबिचको बिहीबारका लागि तय भएको पहिलो खेल वर्षाका कारण रद्द भएको छ । तीन...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ कार्तिक १५, शनिबार ०५:१७ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
  • २०७७ कार्तिक १५, शनिबार ०५:१७ गते

काठमाडौं- नेपालमा सञ्चालित पाँचतारे होटलको संख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा...

TOP