काठमाडौं,कार्तिक १६
कोरोना भाइरस संक्रमणबाट सशस्त्र प्रहरी बल, नेपालका प्रहरी नायब निरीक्षक (सई) को निधन भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा सई नगेन्द्र खड्काको शनिबार मृत्यु भएको हो ।
अस्पतालको वार्डमा उपचाररत कोरोना संक्रमित सई खड्काको निधन भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले पुष्टि गरे । प्रेसर सुगर रोगको बिरामी खड्काको आईसीयूबाट वार्डमा सारिएको दिन निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।
उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि लुम्बिनी अस्पतालबाट असोज २० गते सशस्त्र प्रहरी अस्पताल बलम्बु ल्याइएको थियो । दैलेख घर भएका खड्का अर्घाखाँची गुल्ममा कार्यरत थिए ।
काठमाडौँ उपत्यकामा कोरोनाबाट मृत्यु हुने खड्का सशस्त्र प्रहरीका पहिलो कर्मचारी हुन् ।
केहि दिनयता सुरु भएको अधिक गर्मीले झापाको जन जिवन प्रभावित बनेको छ । यसै क्रममा दमक नगरपालिका वडा नं ८...
काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको छ। महानगरपालिकाले आज सूचना जारी...
काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोङ्गबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी...