काठमाडौं,कार्तिक १६
महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले जुवा खालबाट पूर्व राज्यमन्त्री सहित १० जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जनालाई जुवा खालबाट नियन्त्रणमा लिएको हो ।
जुवा खालबाट १ लाख ५३ हजार ५०० रुपैयाँ पनि बरामद भएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । रायसँगै पक्राउ पर्नेमा भोजपुरका पर्वत भण्डारी, धादिङका सन्तोष लामा, काभ्रेका उत्तरकुमार लामा, सविन लामा, धर्मलाल तामाङ, जितपुर लामा लगायत छन् ।
खोभारी राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा राज्यमन्त्री भएका थिए । २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका उनी २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
काठमाडौँ- गाईजात्राका अवसरमा हास्य कलाकारहरूले मुलुकको वर्तमान अवस्थाका बारेमा नेताहरूप्रति व्यङ्ग्य गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना...
काठमाडौं । दर्शकको अपार माया पाएको गीत “कति राम्री सान नानी, दिल बस्यो हिरैमा” बोलका गायक प्रशान्त पौडेलको “चिसो पानी...
मोरङ, साउन २६ । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर...