काठमाडौं,कार्तिक १६
गेरुवा गाउँपालिका वडा नं ४ मा बाघको आक्रमणमा परी एक व्यक्तिको आज मृत्यु भएको छ ।
गेरुवा( ४ राजीपुर गाउँका चौकीदार ६८ वर्षीय लहानु थारुको शनिबार साँझ ६ बजे गाउँदेखि पूर्वतर्फ गेरुवा नदी किनारमा रहेको आवादी जग्गामा चरिचरणका लागि छाडिएका गोरु फर्काउने क्रममा बाघ आक्रमणमा परी मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार सो गाउँ बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हुन सक्छ । दुई महिनाभित्र बाघको आक्रमणमा परी बर्दियामा यससँगै ६ जनाको मृत्यु भइसकेको छ ।
काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । शनिबार साँझ पौने ७...
काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । उनले...