२०७९ चैत्र १०
March 24, 2023, Friday

कोरोना परीक्षण खर्चबारे कुप्रचार गरियो : मन्त्री भट्ट

कोरोना परीक्षण खर्चबारे कुप्रचार गरियो : मन्त्री भट्ट

महेन्द्रनगर,कार्तिक १७
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना महामारीबीच सरकार जनउत्तरदायी भएर आफ्नो कर्तव्य निभाइरहेको बताएका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापनाको अन्तिम तयारीमा रहेको दैजी–छेला ओद्योगिक निर्माण स्थलमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले कमजोर अर्थतन्त्र भएको मुलुक भए पनि कोरोना सङ्क्रमण नियन्त्रणमा जिम्मेवार भएर सरकार अघि बढिरहेको बताए ।

पिसीआर विधिबाट गरिने कोरोना परीक्षण खर्चबारे कुप्रचार गरिएको भन्दै उनले भ्रमका पछि नलाग्न आग्रह समेत गरेयो । “मन्त्रीपरिषदले स्पष्ट रुपमा पिसीआर खर्च सक्नेले आफै गर्ने र नसक्नेको सरकारले खर्च व्यहोर्छ भनेको हो”, मन्त्री भट्टले भने, “यसलाई मोडियो र भ्रम फैलाउने काम भयो ।”

उनले सरकार कोभिडसित लड्न नसकेको भन्दै आलोचना गर्नुको कुनै अर्थ नरहेको उल्लेख गर्दै पारे । कोभिडकै कारण दैजी–छेला औद्योगिक क्षेत्र स्थापनाको शिलान्यासमा ढिलाइ भएको जनाउँदै उनले यहाँका नागरिकको चाहना अब पुरा हुने चरणमा रहेको बताए । उनले सातै प्रदेशमा पहिलो चरणमा चार सय युवालाई उद्यमशिलता तालिम दिने तयारी भइरहेको जानकारी दिए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले २०५१ सालदेखि कल्पना गरिएको दैजी औद्योगिक क्षेत्र स्थापनाको कार्य अन्मित चरणमा रहेको बताए । “मन्त्री ज्यूले फिल्ड हेर्छु भनेपछि सिङ्गो मन्त्रालय यहाँ आएको छ”, उनले भने, “इआइए र डीपीआर तयार गर्दा सहयोग गर्ने सबैप्रति आभार ।” उनले शिलान्यास गरेको दुई वर्षभित्र यहाँ उद्योग ल्याउने लक्ष्य रहेको बताए ।

Related News

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
  • २०७७ कार्तिक १७, सोमबार ०६:५३ गते

हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...

मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
  • २०७७ कार्तिक १७, सोमबार ०६:५३ गते

काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...

जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
  • २०७७ कार्तिक १७, सोमबार ०६:५३ गते

काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...

TOP