२०८० जेष्ठ २२
June 5, 2023, Monday

कोरोना संक्रमितको लागि १०४ श्यैयामा अक्सिजन पाइप जडान

कोरोना संक्रमितको लागि १०४ श्यैयामा अक्सिजन पाइप जडान

काठमाडौं,कार्तिक १७
कोभिड-१९ का कारण श्वासप्रश्वासमा समस्या देखिएका बिरामीको उपचारका लागि पोखरा महानगरपालिकाले दुई अस्पतालमा अक्सिजन पाइप जडान गर्ने भएको छ ।

पोखरामा दिनप्रतिदिन संक्रमितको संख्या बढेसँगै जटिल समस्या भएकाको सहज उपचारका लागि महानगरले पूर्वाधार र कर्मचारी व्यवस्थापनका लागि रु १९ लाख बजेट छुट्याएर काम अगाडि बढाएको महानगरमा उपप्रमुख मञ्जु गुरुङले जानकारी दिइन्। ‘हामीले तत्कालको विषम् अवस्थालाई ध्यान दिएर १०४ श्यैयाका लागि अक्सिजन पाइप जडान गरेर सङ्क्रमितको उपचारका लागि प्रयास थालेका हौँ,’ उनले भनिन्। उपप्रमुख गुरुङका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७० श्यैया र लेखनाथस्थित संक्रामक रोग अस्पतालमा ३४ श्यैयाका लागि अक्सिजन पाइप जडान गर्ने काम भइरहेको छ।

उनले अक्सिजन पाइप जडानका लागि १० लाख रुपैयाँ र सो सञ्चालनका लागि आवश्यक दक्षजनशक्ति परिपूर्ति गर्न तत्काल नौ लाख रुपैयाँ गरी कूल १९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन्।

प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले अक्सिजनपाइप जडानले कोरोना संक्रमितको उपचारमा सहज हुने बताए। उनलेभने, ‘संक्रमितको संख्या बढिरहेको छ, उपचारका लागि आवश्यक पूर्वाधारको अभाव पनि उत्तिकै रहेको छ, कोरोनाका कारण श्वासप्रश्वासमा समस्या भएका बिरामीको तत्काल उपचारका लागि अक्सिजन पाइपले निकै सहज हुनेछ।’ महानगरको सहयोगमा अहिले ७४ श्यैयामा अक्सिजन पाइप जडान गर्ने कार्य भइरहेको र यसै हप्ता तयार हुने पनि उनले बताए।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार ७४० पुगेको छ। तीमध्ये चार हजार ३३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ८० जनाको मृत्यु भइसकेको छ।

Related News

झापामा गर्मीका कारण एक बृद्धको मृत्यु
झापामा गर्मीका कारण एक बृद्धको मृत्यु
  • २०७७ कार्तिक १७, सोमबार ०९:५५ गते

 केहि दिनयता सुरु भएको अधिक गर्मीले झापाको जन जिवन प्रभावित बनेको छ । यसै क्रममा दमक नगरपालिका वडा नं ८...

काठमाडौं उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
काठमाडौं उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
  • २०७७ कार्तिक १७, सोमबार ०९:५५ गते

काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको छ। महानगरपालिकाले आज सूचना जारी...

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
  • २०७७ कार्तिक १७, सोमबार ०९:५५ गते

 काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोङ्गबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी...

TOP