२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

बाफलमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

बाफलमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौं, कार्तिक १७

काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा एनएल ०१ एडी ७१९३ नम्बरको ट्रकको ठक्करबाट बाफल बस्ने धादिङकी २२ वर्षीया देवी तामाङकी दुई वर्षीया छोरी दीपशिखाको आइतबार साँझ मृत्यु भएको हो ।

बा ५६ प ४४५ नम्बरको स्कुटरले देवीलाई ठक्कर दिँदा साथमा बोकेकी छोरी सडकमा खसेपछि सो ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी दीपशिखाको उपचारका क्रममा मनमोहन मेमोरियल अस्पताल सीतापाइलामा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । देवीलाई ठक्कर दिने स्कुटर र दीपशिखालाई ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७७ कार्तिक १७, सोमबार १०:२४ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७७ कार्तिक १७, सोमबार १०:२४ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
  • २०७७ कार्तिक १७, सोमबार १०:२४ गते

काठमाडौं । विश्व २१ औँ फिस्टुला दिवस नेपालमा पनि मनाइएको छ । विहीबार राजधानीको काठमाडौँ मोडल अस्पताल(केएमसी)मा बिरामी र डाक्टरहरुले...

TOP