काठमाडौं,कार्तिक १७
रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सेल्टा भिगोलाई ४-१ गोल अन्तरले पराजित गर्दै सोसिडाड शीर्ष स्थानमा उक्लिएको हो ।
सोसिडाडलाई जित दिलाउन डेभिड सिल्भाको गोलमा २४औं मिनेटमा गोल गर्दै सोसिडाडलाई अग्रता दिलाए । ३४औं मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै सोसिडाडको अग्रता २-० को बनाए ।
५४औं मिनेटमा विलियन जोसेले गोल गर्दै सोसिडाडलाई ३-० को अग्रता दिलाए । खेलको ७७औं मिनेटमा सेल्टाका इयागो आसपसले पेनाल्टीमा गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए । तर, ८१ औं मिनेटमा जोसेले व्यक्तिगत दोस्रो गोल गर्दै सोसिडाडलाई ४-१ को जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको सोसिडाडले ८ खेलमा १७ अंक जोडेको छ । पराजित सेल्टा ६ अंक जोडेर १७ औं स्थानमा छ ।
१९ वर्षमुनिकाे साफ च्याम्पियनशिपमा भारतले विजयी शुरुवात गरेकाे छ । आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा भारतले बङ्गलादेशलाई ३–०...
प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७...
सुमेरु किड्नी अस्पतालको बेड नं. २३१; जहाँ अहिले नेपाली कांग्रेसमा पुराना नेता तथा पुर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल चिकित्सकको नियमित निरीक्षणमा छन् ।...