काठमाडौं,कार्तिक १८
राप्रपा अध्यक्ष एवम् पूर्व परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा ल्याएर देशले निकास नपाउने दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै यस्तो बताएका हुन् । नेकपाको ठाउँमा कांग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर पनि देशले संकटबाट निकास नपाउने उनको भनाइ छ । समस्याको चक्रब्युबाट देशलाई मुक्त तुल्याउन मार्गचित्ररअवधारणामा सुधार नगरेसम्म कस्मेटिक परिवर्तनको कुनै अर्थ नरहने पनि उनले बताएका छन् ।
यस्तै उनले नेपाली जनताले राजनीतिक मार्गचित्र र गन्तव्यका बारे पुनर्विचार गर्नु जरूरी रहेको पनि ट्विटरमा उल्लेख गरेका छन् । सरकार माथि अर्को छीमेकी चिनको भरोसा पनि धर्मराएको उनको ठहर छ ।
‘धर्मनिरपेक्षता,गणतन्त्र र संघियताको विकल्प खोज्ने वा उल्लेखित मान्यताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रहमा गर्नेबारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्छ । परराष्ट्र नीति संचालनमा असन्तुलन देखिएको छ, ’ उनले लेखेका छन्- ‘नेकपा नेतृत्वको सरकारसँग भारत संवादहीन अवस्थामा पुगेको छ भने सरकार माथि अर्को छिमेकी चीनको भरोसा पनि धर्मराएको छ । भ्रष्टाचारदेखि राज्यसत्ता कब्जा गर्ने कार्यमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी र भागबण्डा कायम गरेका छन् ।’
नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहात दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन् ।...
डाक्टरमाथि आक्रमण तथा कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति निकालेर केही दिनयता...