२०८० आश्विन ५
September 22, 2023, Friday

‘‘तबसम्म म जस्तो लभर ब्वाइ बन्न सक्नु हुन्न’

‘‘तबसम्म म जस्तो लभर ब्वाइ बन्न सक्नु हुन्न’

काठमाडौं,कार्तिक १८
बलिउड अभिनेता शाहरुख खानले २ नोभेम्बर (हिजो) मा आफ्नो ५५ औं जन्मदिन मनाएका छन् । सामाजिक दूरी कायम गरि उनका फ्यानहरुले सामाजिक सञ्जालमा उनको लागि प्रार्थना समेत गरेका थिए ।

शाहरुखको जन्मदिनमा उनका प्रशंसकहरूले ५ हजार ५५५ थान पीपीई किट्स र सेनिटाइजर बाँडेका थिए । आफ्नो भर्चुअल फ्यानहरूको लागि शाहरूखले पनि एक भिडियो सन्देश सार्वजनिक गरेका थिए ।

शाहरुखले समुद्रको किनारमा रेकर्ड गरिएको उक्त भिडियो सन्देशमा भनेका छन्-‘अर्को जन्मदिन सँगै मनाउँला । तपाईंहरुले गरेको प्रार्थनाको लागि धन्यवाद दिन यो भिडियो बनाएको हुँ । एसआरके युनिभर्स, फ्यान क्लब र सबै जसको नाम मैले भुलेको छु, तपाईंहरु सबैलाई धन्यवाद । जसले रक्तदान, पीपीई किटहरू र अन्य आवश्यक चीजहरू दिनुभयो, त्यसको लागि पनि धन्यवाद । जबसम्म तपाइँ प्रेम फैलाउन सक्नु हुन्न तबसम्म म जस्तो प्रेमी केटा बन्न सक्नु हुन्न । ५६औं जन्मदिन ५५ औं भन्दा राम्रो हुनेछ । सबैलाई धेरै माया ।’

शाहरूखको फ्यानहरूले उनको जन्मदिनको अवसरमा अहिलेको यो बिषम परिस्थिति कोविडमा ५५५५ थान मास्क, सेनिटाइजरहरू र खाद्य वस्तुहरू बाँडेका थिए । कोरोना संक्रमणलाई ध्यानमा राख्दै खानका फ्यानहरूले यो निर्णय लिएका हुन् । भिडियोमा शाहरुखले फ्यानहरूको यस कार्यको प्रशंसा पनि गरेका छन् ।

शाहरुख आजभोलि युएईमा छन् । त्यसकारण जन्मदिनमा उनको घर बाहिर सुनसान थियो । शाहरुख आफैंले पनि प्रशंसकलाई यस बर्षको जन्मदिनमा भीड नबनाउन अपील गरेका थिए ।

Related News

पर्यटन दिवसमा १०० जनाको ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ हुँदै
पर्यटन दिवसमा १०० जनाको ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ हुँदै
  • २०७७ कार्तिक १८, मंगलवार ०९:१९ गते

अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा १०० जनाको ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ हुने भएको छ । नेपाल टूरिजम फेस्टिभल दोस्रो संस्करणको तयारीस्वरुप...

प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ
प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ
  • २०७७ कार्तिक १८, मंगलवार ०९:१९ गते

प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७...

बिदेशमा भन्दा स्वदेशमै सस्तो र राम्रो उपचार हुन्छ – डा.बिजयमान सिह कटुवाल
बिदेशमा भन्दा स्वदेशमै सस्तो र राम्रो उपचार हुन्छ – डा.बिजयमान सिह कटुवाल
  • २०७७ कार्तिक १८, मंगलवार ०९:१९ गते

सुमेरु किड्नी अस्पतालको बेड नं. २३१; जहाँ अहिले नेपाली कांग्रेसमा पुराना नेता तथा पुर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल चिकित्सकको नियमित निरीक्षणमा छन् ।...

TOP