२०८१ बैशाख ४
April 16, 2024, Tuesday

पत्रकारलाई कंगनाको धम्कि : झूट फैलाएको आरोपमा जेल पठाउन सक्छु

पत्रकारलाई कंगनाको धम्कि : झूट फैलाएको आरोपमा जेल पठाउन सक्छु

काठमाडौं,कार्तिक १८
बलिउड अभिनेत्री कंगना रनौतले युट्यूबर ध्रुव राठीलाई जेलमा पठाउने धम्की दिएकि छिन् ।राठीको नाम लिए बिना, उनले पत्रकार तथा फिल्म निर्माता एर्रे काथरले लेखेको ट्वीटमा रि ट्वीट गर्दै लेखेकी छिन् -‘हाहाहा, वास्तवमा यस बेवकूफलाई नक्कली भिडियोहरू बनाउँदा पैसा मिल्छ । बीएमसी सूचनाको झूट फैलाएको आरोपमा म उसलाई जेल पठाउन सक्छु, जसका लागि उनलाई ६० लाख रूपैयाँ दिइयो । किन कुनै पनि व्यक्ति सरकार समर्थन वा पैसा बिना कानूनी मामिलामा खुलेआम झूठ बोल्छ ।’

पत्रकार तथा फिल्म निर्माता अर्रे काथरले आरोप लगाए कि सुशान्तको मुद्दामा उनको परिवारको भूमिका उजागर गर्न ६५ लाख रूपैयाँ युट्युबर्सलाई दिइयो । पहिले कंगना र अर्नब गोस्वामी विरूद्ध भिडियो बनाउनको लागि भाडामा लिइएको थियो ।

एर्रे कैथरले आफ्नो ट्वीटमा ध्रुव राठीको नाम लिएनन् । यद्यपि उनले आफ्नो ट्वीटमा लेखेका छन् –‘ मेरो बारेमा किन यो बकवास समाचार बनिरहेको छ । पहिलो कुरा के हो भने मलाई कंगनाको भिडियो बनाउनको लागि कसैले पैसा दिएको छैन । दोस्रो, म सुशांत सिंह राजपूतको कुनै भिडियो बनाउने योजनामा ​​छैन । र तेस्रो कुरा मेरो भिडियो शुल्क ३० लाख हो । म कति धनी हुनेछु ।’
एजेन्सी

Related News

म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
  • २०७७ कार्तिक १८, मंगलवार ११:११ गते

याङ्गुन (म्यान्मा), वैशाख ३ गते । मध्य म्यानमारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै...

धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते
धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते
  • २०७७ कार्तिक १८, मंगलवार ११:११ गते

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । धादिङको निलकण्ठ नगरपालिका...

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा सञ्चालनमा
नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा सञ्चालनमा
  • २०७७ कार्तिक १८, मंगलवार ११:११ गते

काठमाडौं- नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् । बिहीबार...

TOP