२०८० चैत्र १६
March 29, 2024, Friday

सूर्यबहादुर केसीको निधनमा प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

सूर्यबहादुर केसीको निधनमा प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

काठमाडौं,कार्तिक १८
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन् । लामो समययता मधुमेह र रक्तचापको समस्या झेलिरहेका कांग्रेसबाट समानुपातिक सांसद रहेका केसीको गएराती १० बजे पोखरास्थित आफ्नै निवासमा निधन भएको थियो । प्रधानमन्त्री ओलीले ट्वीटमार्फत् उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।

नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचनबाट निर्वाचित केसीको ६३ वर्षका उमेरमा गए राति कास्कीमा निधन भएको हो ।राप्रपाका पूर्वकोषाध्यक्षसमेत रहेका उनी तीन वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्‍चसमेत हुन् ।

उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउ, हाइड्रोलगायत विभिन्‍न व्यवसायमा उनी सफल थिए । केसी माछापुच्छ्रे बैंकका संस्थापक अध्यक्ष थिए । उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।

Related News

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
  • २०७७ कार्तिक १८, मंगलवार ०६:५१ गते

चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन...

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७७ कार्तिक १८, मंगलवार ०६:५१ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ कार्तिक १८, मंगलवार ०६:५१ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

TOP