२०८० आश्विन ५
September 22, 2023, Friday

काठमाडौं लैजाँदै गरेको पटका सिन्धुलीमा बरामद

काठमाडौं लैजाँदै गरेको पटका सिन्धुलीमा बरामद

काठमाडौं,कार्तिक १९

प्रहरी चौकी ढुङ्ग्रेवास हिरापानी चेक प्वाइन्टले अवैध रुपमा काठमाडौं लैजाँदै गरेको पटका बुधबार बरामद गरेको छ । राजविराजबाट काठमाडौं जाँदै गरेको बा ४ ख ५०६२ नम्बरको हायस गाडीबाट प्रहरीले पटका बरामद गरेको हो ।

कमलामाइ नगरपालिका-४ को हिरापानी चेक प्वाइन्टका इन्चार्ज प्रहरी नायब निरीक्षक विदुरचन्द्र अधिकारीका अनुसार १४ बन्डल विभिन्न ब्रान्डका पटका, गमला २० बट्टा,भुइचक्कर ५७ प्याकेट, झिरझिरे १५० प्याकेट, हाइड्रो चकलेट बम २० प्याकेट, आतिसबाजी फाइनल दुई प्याकेट बरामद भएको बताए ।

छतमा झोलामा राखिएको पटका कसैले दाबी नगरेपछि बरामद गरि जनप्रतिनिधिको रोहबरमा जिल्ला प्रहरी कार्यालयमा लगेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Related News

विमानस्थलबाट अमेरिकी डलरसहित दुईजना पक्राउ
विमानस्थलबाट अमेरिकी डलरसहित दुईजना पक्राउ
  • २०७७ कार्तिक १९, बुधबार १२:४७ गते

काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-७ बस्ने ३४ वर्षीय रविन इजाम समेत...

प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ
प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ
  • २०७७ कार्तिक १९, बुधबार १२:४७ गते

प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७...

बिदेशमा भन्दा स्वदेशमै सस्तो र राम्रो उपचार हुन्छ – डा.बिजयमान सिह कटुवाल
बिदेशमा भन्दा स्वदेशमै सस्तो र राम्रो उपचार हुन्छ – डा.बिजयमान सिह कटुवाल
  • २०७७ कार्तिक १९, बुधबार १२:४७ गते

सुमेरु किड्नी अस्पतालको बेड नं. २३१; जहाँ अहिले नेपाली कांग्रेसमा पुराना नेता तथा पुर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल चिकित्सकको नियमित निरीक्षणमा छन् ।...

TOP