काठमाडौं,कार्तिक १९
नेपाल एयरलाइन्समा विदेश गएकाहरूमा कोरोना संक्रमण देखिन थालेपछि नेपाल एयरलाइन्समाथि दोस्रो पटक कारवाही भएको छ । नेपालमा पीसीआर नेगेटिभ आएका यात्रुमा विदेशमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि नेपाल एयरलाइन्सलाई हङकङले अहिले दोस्रोपटक प्रतिबन्ध लगाएको हो ।
दुबई र नारिता विमानस्थलबाट समेत चेतावनीसहित प्रोटोकलको सूची आएको बताइएको छ । जापानले निगमलाई इमेलमार्फत नेपालबाट गएका २ देखि १० जनासम्म यात्रुमा कोरोना पोजेटिभ देखिएकाले सचेत बन्न आग्रह र यूएईले पनि पत्र नै लेखेर निगमको ध्यानाकर्षण गराइसकेको निगमको भनाइ छ ।
विगत केही दिनदेखि हङकङ, दुबई, नारिताजस्ता गन्तव्यहरुमा ७२ घण्टाको पीसीआर रिपोर्टका बाबजुद पनि त्यहाँ परीक्षण गर्दा कोभिड(१९ पोजेटिभ देखिएको एयरलाइन्सले जनाएको छ । यी घटनाहरूले निगमको मात्र नभइ नेपालमा हुने परीक्षणको विश्वसनीयतमाथि समेत प्रश्न उठेको छ ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...