काठमाडौं,कार्तिक १९
गण्डकी प्रदेशका प्रदेशसभा सदस्य विनोद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरोसहित कोरोनाको लक्षण देखिएपछि पिसीआर परीक्षणका लागि स्वाब दिएकामा मङ्गलबार साँझ आएको रिपोर्टअनुसार आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशसभा सदस्य केसीले बताए ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा परेका श्रेष्ठले आफूसहित आफ्नो परिवारका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
म्याग्दी निर्वाचन क्षेत्र ९क० बाट निर्वाचित प्रदेशसभा सदस्य केसी र नेकपा सचिव श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु कोरोना सङ्क्रमित भएको जानकारी दिँदै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सजगता र सतर्कता अपनाउन अनुरोध गरेका छन् । केसी र श्रेष्ठसहित म्याग्दीमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । सबै जना कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।
सोमबार सङ्क्रमितको सम्पर्कमा रहेका ४६ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । म्याग्दीमा हालसम्म जिल्लाबाटै स्वाब सङ्कलन गरी पठाएकोमध्ये १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको बेनी नगरपालिका-७ का एक पुरुष, धवलागिरि गाउँपालिका-७ का एक पुरुष र रघुगङ्गा गाउँपालिका-२ घर भई काठमाडौँ बसोबास गर्ने एक पुरुष गरी तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । रासस
काठमाडौं, नियमावली मस्यौदा समितिको सोमबार बसेको बैठकले शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्रमा सदनलाई उपलब्ध...
काठमाडौं, सत्ता सहकार्य थालेको एक महिनामै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच खटपट सुरु भएको छ । पुष...
काठमाडौं, दुई दिने नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि...