२०७९ चैत्र १०
March 24, 2023, Friday

बाइडनले भने, ‘हामी जित्दैछौं’: ट्रम्पले भने,‘उनीहरु चोरीको कोसिस गरिरहेछन्’

बाइडनले भने, ‘हामी जित्दैछौं’: ट्रम्पले भने,‘उनीहरु चोरीको कोसिस गरिरहेछन्’

काठमाडौं,कार्तिक १९

अमेरिकी राष्ट्रपति चुनावमा आइरहेको परिणामको क्रममा डेमोक्रेट उम्मेद्वार जो बाइडनले भाषण दिएका छन् । उनले आफू अहिले जुन स्थानमा छन्, त्यसमा खुसी भएको बताएका छन् ।

उनले भने, ‘विसकन्सिन र मिशिगनका लागि खुसी छौं । चुनाव त्यतिबेलासम्म समाप्त हुँदैन जबसम्म हरेक एक ब्यालेटको गन्ती हुँदैन ।’

‘हामीलाई लागिरहेको छ कि हामी जीततर्फ अघि बढिरहेका छौं, तपाईंको धैर्य सराहनीय छ । हामी निकै राम्रो महसुस गरिरहेका छौं । नतिजा आउन समय लाग्छ, भोट गन्न समय लाग्नेछ किनभने हरेक भोटको गन्ती हुनेछ । डाकबाट पठाइएको भोट पनि । म वा ट्रम्प दुबैले कसले जित्यो भनेर घोषणा गर्न सक्दैनौं, यो अमेरिकी जनताले निश्चित गर्नेछन् ।’

यता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मतगणनाबीच ट्वीट गरेर आफ्ना प्रतिद्वन्द्वीमाथि चोरीको आरोप लगाएका छन् ।

ट्रम्पले लेखे, ‘हामी अघि छौं तर उनीहरु चुनाव परिणाम हामीबाट चोर्न चाहन्छन् । हामी यस्तो हुन दिँदैनौं । चुनाव समाप्त भएपछि भोट हाल्न पाइँदैन ।’ बीबीसी

Related News

मानहानी मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो
मानहानी मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो
  • २०७७ कार्तिक १९, बुधबार ०८:०१ गते

एजेन्सी, भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद गएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा दोषी ठहर भएको...

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
  • २०७७ कार्तिक १९, बुधबार ०८:०१ गते

हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...

मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
  • २०७७ कार्तिक १९, बुधबार ०८:०१ गते

काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...

TOP