काठमाडौं,कार्तिक १९
भारतका स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे आज (बुधबार) काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय वायु सेनाको विमानमार्फत् उनी आज काठमाडौं आइपुगेका हुन् ।
नरवाणेको भ्रमण टोली दुई वटा विमानमा काठमाडौं आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतको भनाइ छ । भ्रमणदलमा नरवणेकी श्रीमतीसहित चार सदस्य रहने नेपाली सेनाले जनाएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गaर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणे १८औँ सेनापति हुन् ।
नरवणेमाथि ‘थ्रेट’ विश्लेषण गरेर उनी हिँड्ने रुटमा २ हजार प्रहरी परिचालन समेत गरिएको छ । यस्तै नेपाली सेनाले पनि ठूलो संख्यामा सादा पोशाकका सैनिक खटाएको छ । विमानस्थलबाट नरवणेको टोलीलाई सोल्टी होटल लैजाने बताइएको छ ।
तीन दिने भ्रमणका लागि नेपाल आएका नरवणेले भ्रमण अवधिमा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७...
सुमेरु किड्नी अस्पतालको बेड नं. २३१; जहाँ अहिले नेपाली कांग्रेसमा पुराना नेता तथा पुर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल चिकित्सकको नियमित निरीक्षणमा छन् ।...
काठमाडौं । आम जनता पार्टी (आजपा)का महासचिव उपेन्द्र साहले आम जनतालाई बैंकिङ सेवा सुविधा तथा ऋण दिलाउँन एवं बैंकहरुको मनोमानी...