२०८० चैत्र १६
March 29, 2024, Friday

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौंमा

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौंमा

काठमाडौं,कार्तिक १९

भारतका स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे आज (बुधबार) काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय वायु सेनाको विमानमार्फत् उनी आज काठमाडौं आइपुगेका हुन् ।

नरवाणेको भ्रमण टोली दुई वटा विमानमा काठमाडौं आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतको भनाइ छ । भ्रमणदलमा नरवणेकी श्रीमतीसहित चार सदस्य रहने नेपाली सेनाले जनाएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गaर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणे १८औँ सेनापति हुन् ।

नरवणेमाथि ‘थ्रेट’ विश्लेषण गरेर उनी हिँड्ने रुटमा २ हजार प्रहरी परिचालन समेत गरिएको छ । यस्तै नेपाली सेनाले पनि ठूलो संख्यामा सादा पोशाकका सैनिक खटाएको छ । विमानस्थलबाट नरवणेको टोलीलाई सोल्टी होटल लैजाने बताइएको छ ।

तीन दिने भ्रमणका लागि नेपाल आएका नरवणेले भ्रमण अवधिमा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Related News

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ कार्तिक १९, बुधबार ०६:४८ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
  • २०७७ कार्तिक १९, बुधबार ०६:४८ गते

काठमाडौं- नेपालमा सञ्चालित पाँचतारे होटलको संख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा...

मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
  • २०७७ कार्तिक १९, बुधबार ०६:४८ गते

धनगढी, चैत १३ गते । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कबिहीन हुनुभएको छ ।  ओशो ध्यान...

TOP