२०८० चैत्र १६
March 29, 2024, Friday

मुम्बईलाई १० विकेटले हराउँदै हैदराबाद प्लेअफमा

मुम्बईलाई १० विकेटले हराउँदै हैदराबाद प्लेअफमा

काठमाडौं,कार्तिक १९
सनराइजर्स हैदराबादले आइपिएल १३ को प्ले अफमा आफ्नो स्थान पक्का गरेको छ । हैदरबादले शारजाहमा खेलिएको अन्तिम लिग खेलमा मुम्बई इन्डियन्सलाई १० विकेटले हराएको हो ।

मुम्बईले दिएको १५० रनको लक्ष्य पछाएको हैदरावादले १७।१ ओभरमा बिना कुनै विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । मुम्बईमाथि १० विकेटको जित हासिल गर्दै सनराइजर्स हैदरावाद तेस्रो हुदै प्लेअफमा पुगेको हो ।

समग्रमा समुह चरणमा मुम्बई इण्डियन्सले १४ खेलमा ९ जितका साथ पहिलो भयो भने दिल्ली क्यापिटल्स १४ खेलमा ८ जितका साथ १६ अंकसहित दोस्रो भएको छ । त्यस्तै सनराइजर्स हैदरावादको ७ जितपछि १४ अंकसहित तेस्रो र रोयल च्यालेन्जर्स बैंगलोरको ७ जितपछि १४ अंकसहित चौथो भएको छ ।

यो सँगै कोलकोता नाइटराइडर्सको यस सिजनको आइपिएल यात्रा समाप्त भएको छ । हैदरावादले मुम्बईसँग हारेको भए मात्र कोलकोताको प्लेअफ यात्रा सुनिस्चित हुने अवस्था रहेकोमा हैदरावादले जितेसँगै समाप्त भएको हो । कोलकोताको पनि ७ जितपछि १४ अंक रहेको थियो तर रनरेटका कारण कोलकोता प्लेअफ खेल्न सकेन ।

अब प्लेअफ अन्तर्गतको पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स विहिबार खेल्ने छन् । यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्न पाउने छ ।

त्यस्तै इलिमिनेटर अन्तर्गत सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोर शुक्रबार खेल्ने छन् । यस खेलको विजेता पहिलो क्वालिफायरको पराजित टिमसँग दोस्रो क्वालिफायर खेल आगामी आइतबार खेल्ने छन् । यस खेलमा पराजित टिमको आइपिएल यात्रा समाप्त हुने छ ।

Related News

नेपाल ‘ए’ र आयरल्यान्डबिचको पहिलो खेल रद्द
नेपाल ‘ए’ र आयरल्यान्डबिचको पहिलो खेल रद्द
  • २०७७ कार्तिक १९, बुधबार ०४:३९ गते

काठमाडौँ, चैत १५ गते । नेपाल ‘ए’ र आयरल्यान्डबिचको बिहीबारका लागि तय भएको पहिलो खेल वर्षाका कारण रद्द भएको छ । तीन...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ कार्तिक १९, बुधबार ०४:३९ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
  • २०७७ कार्तिक १९, बुधबार ०४:३९ गते

काठमाडौं- नेपालमा सञ्चालित पाँचतारे होटलको संख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा...

TOP