२०८० चैत्र १६
March 29, 2024, Friday

मेरो जिन्दगी गौतमका साथ बिताउँछु भनेर सोचेकी थिइनँ : काजल

मेरो जिन्दगी गौतमका साथ बिताउँछु भनेर सोचेकी थिइनँ : काजल

काठमाडौं,कार्तिक १९

बलिउडकी एक सफल अभिनेत्री काजल अग्रवाल अब श्रीमती किचलु बनेकी छिन् । काजलले अक्टूबर ३० मा ब्यापारी गौतम किचलुसँग बिहे गरेकी छिन् । उनिहरु दुई जनाले मुम्बईको ताजमहल दरबारमा फेरा लिएका थिए । अहिले अभिनेत्री काजलको विवाहको फोटोहरू सामाजिक सञ्जालमा लोकप्रिय भइरहेका छन् । तर, काजलले अचानक कोरोनाको यो महामारीका बिच किन बिहे गरिन् भनेर उनका प्रशंसकहरू चकित परेका छन् ।

अभिनेत्री काजलले एक मिडियालाई दिएको अन्तरवार्तामा भनेकी छिन्-‘हामी बिगत तिन वर्षदेखि प्रेम सम्बन्धमा थियौं । सात वर्षसम्म राम्रो साथि पनि थियौं । बिस्तारै हाम्रो त्यो मित्रता गहिरीदै गयो, र हामी दुवै एकर्काको जिवनको एक हिस्सा हुन पुग्यौं । धेरै मिल्थ्यौ पनि हामी । कुनै पनि पाटि वा प्रोफेशनल मिटिङमा पनि सँगै हुन्थ्यौं । लकडाउन भएपछि हामीले केहि हप्तासम्म एकार्कालाई न देख्न न भेट्न नै पायौं । बिस्तारै हामीले केहि समयसम्म किनारा पसलमा भेट्ने गर्यौं । यस समयमा हामीले बुझ्यौं कि हामीसँगै हुन चाहन्छौं ।’

गौतम फिल्मी सैलीका छैनन् । किनकी मैले फिल्ममा यो सब गरिसकेको छु । त्यसैले गौतमले मलाई कुनै तामझामका साथ प्रस्ताब गरेनन् । हामीले भावनात्मक कुराकानी गर्यौं । गौतमको फिलीङसमा धेरै नै सच्चाइ थियो । उनले भनेका थिए म तिम्रो साथ जिन्दगी बिताउन चाहन्छु । तर मैले मेरो जिन्दगी गौतमका साथ बित्छ भनेर सोचेको थिएन् ।काजलले भनिन् । त्यसपछि गौतमले अप्रिलमा काजलका बाबुआमालाई भेटे । दुई महिना भित्र दुबैको घरमा मगनी भयो र बिहे पनि गरे ।

Related News

आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
  • २०७७ कार्तिक १९, बुधबार ०७:२४ गते

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ आगामी २०८१ माघ ११...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ कार्तिक १९, बुधबार ०७:२४ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
  • २०७७ कार्तिक १९, बुधबार ०७:२४ गते

काठमाडौं । रोमानियामा ५० प्रतिशत छायाङ्कन सकिएपछि रोकिएको फिल्म ‘वर एण्ड बधु’को बाँकी काम अघि बढ्ने भएको छ । फिल्मका निर्देशक...

TOP