काठमाडौं,कार्तिक २०
नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज (बिहीबार) बंगलादेश प्रस्थान गरेको छ । दुई मैत्रीपूर्ण खेलका लागि ३४ सदस्यीय नेपाली फुटबल टोली हिमालयन एयरलाइन्समार्फत् बिहान बंगलादेशको ढाका प्रस्थान गरेको हो ।
टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, बिमल राना, बिशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ रहेका छन् ।
यस्तै पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्वे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ पनि टोलीमा छन् ।
बंगलादेशसँग यही नोभेम्बर १३ र १७ तारिखमा ढाकामा हुने मैत्रीपूर्ण खेलका लागि टोली त्यहाँ गएको हो । उनीहरू करिब एक साता होटेल क्वारेन्टिनमा बस्नेछन् । कोरोना रिपोर्ट नेगेटिभ आएमा मात्रै नेपालले प्रशिक्षण गर्ने अवसर पाउनेछ ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...