काठमाडौं,कार्तिक २०
सोलुखुम्बुको सोताङ गाउँपालिका-३ मा पूर्व पतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । २९ वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
होमबहादुर र सोमा श्रीमान-श्रीमती भए पनि २०७७ वैशाखदेखि सोमा स्थानीय २७ वर्षीय नन्दराज राईसँग गएर सँगै बस्दै आएको पाइएको छ । स्थानीय कुमार राईको घरमा बुधबार साँझ भेट भई विवाद हुँदा होमबहादुरले खुकुरी प्रहार गरी टाउको तथा शरीरको अन्य विभिन्न भागमा हान्दा सोमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी महेन्द्र दर्नालले जानकारी दिए ।
घटनाको विषयमा प्रहरीमा जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षक अनिल माबोहाङको टोली गई हत्या आरोपमा होमबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार महिलाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा राखिएको छ भने आरोपितलाई जिल्ला प्रहरी कार्यालय सल्लेरीतर्फ ल्याइँदै छ । रासस
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...
काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...