काठमाडौं,कार्तिक २०
साउदी अरेबियाले आफ्नो श्रम क्षेत्रमा सुधार गर्दै अब श्रमिकको पक्षमा नयाँ नियम जारी गरेको छ ।
साउदी अरेबियाले बुधबार श्रम क्षेत्रमा ठुलो सुधारको घोषणा गरेसँगै अब श्रमिकले रोजगारदाताको अनुमति विना नै काम परिवर्तन गर्न सक्नेछन् । यस्तै उनीहरू कामको अनुबन्धन समाप्त भएसँगै घर पनि आफ्नै मर्जीले स्वतन्त्रतापूर्वक फर्कन पाउने, पुनः प्रवेश भिसाको सुविधा पनि पाउने व्यवस्था गरिएको गल्फ न्यूजले जनाएको छ ।
त्यहाँको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले लेवर रिफर्म इनिसिएटिभ ९एलआरई० ले कामदार र रोजगारदाताबीच रचनात्मक सम्बन्धको विकास गर्ने र साउदी अरबलाई रोजगार बजारको आकर्षक केन्द्रको विकास गर्ने उद्देश्यले नयाँ योजना लागु गरेको हो । मन्त्रालयका अनुसार सो नयाँ नियम मार्च १४ २०२१ बाट लागू हुनेछ ।
अनुबन्धन तोड्दा त्यसको असरहरूको सामना भने कामदार आफैँले गर्नुपर्ने जनाइएको छ । तीन करोड ४८ लाख जनसंख्या रहेको साउदी अरबमा एक करोड ५ लाख बराबर विदेशी जनसंख्या मध्ये करिब ३ लाख ५० हजार नेपाली श्रमिकहरु कार्यरत रहेको अनुमान गरिएको छ । नेपाल सरकारले साउदीका लागि २ वर्ष करार अवधिको श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...
काठमाडौँ – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...
काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...