स्याङ्जा,कार्तिक २०
अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रहेका विभिन्न मुद्दाका १ सय ११ जना फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत इकाईबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको छ ।
कर्तव्य ज्यान, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, हाडनाता करणी, हातहतियार खरखजना, लागूऔषध, मानव बेचविखन, सवारी ज्यान, बहु बिवाह, चेक अनादर, कुटपिट, लुटपिट लगायत विभिन्न जघन्य मुद्दामा संलग्न भई लामो समयदेखि फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...