काठमाडौं,कार्तिक २१
चितवन जिल्ला अदालत बार एसोसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् । आज हुने अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नेतृत्व चयनका लागि बिहान ९ वजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुँदैछ । कार्यसमितिका लागि २७ जना र आठ जनाको केन्द्रिय पार्षदका लागि १६ जनाको उम्मेदवारी परेको छ ।
प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन ९पिएलए० र नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घ डिएलए निर्वाचनका लागि समूह बनाएर नै निर्वाचनमा लागेका हुन् । अध्यक्षमा पिएलएका रामकृष्ण अधिकारी र डिएलएका डा हरिहर पोखरेल प्रतिस्पर्धामा छन् । उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ ।
पिएलएका रामचन्द्र देवकोटा, डिएलएका मुन्ना विक्रम खाती र स्वतन्त्रबाट बद्री गौतम छन् । पिएलए र डिएलएबाट क्रमशः सचिवमा विनोद मिश्र र श्रीराम दवाडी, कोषाध्यक्षमा बद्रीनाथ पण्डित र बलराम पौडेल, सहसचिवमा शोभा भट्टराई र पृथ्वीदेवी सुवेदी छन् । नेतृत्व चयनका लागि १९८ जनाले मतदान गर्ने बारले जनाएको छ । रासस
बाँके प्रहरीले गत सोमबार दिउँसो सुर्खेतरोडमा भएको हत्या प्रकरणमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । चेतनको हत्या गर्न नेपालगञ्जको...
काठमाडौं न्युरोडमा गएराति ११ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको छ ।इन्द्रजात्रा हेर्न न्युरोड पुगेका...
नेपाल भन्ने देशमा हत्यारालाइ आम माफी दिने प्रचलन बढे सङ्गै सर्वसाधारणमा डर अनि त्रास फैलिन थाले पछि यो रिले अनशन...